१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

१७ वर्षदेखि साउदीमा बेपत्ता छोरी खाेजिरहेकी सान्द्रीमाया

१५ फाल्गुन २०८०, मंगलवार ०९:५५

फागुन १५, काठमाडौँ | खनियाँबास गाउँपालिका– १ धादिङकी मरिमाया तामाङ १७ वर्षदेखि बेपत्ता छिन्। घरबाट साउदी अरब जान हिँडेकी छोरी बेपत्ता बनेपछि परिवारमा अहिलेसम्म रुवाबासी चलेको छ।

हिजोआज सान्द्रीमाया र उनका दुई भाइको दैनिकी मरिमाया खोजेरै बितिरहेको छ। ‘पैसा कमाएर आउँछु भनेर विदेश गएको छोरीसँग जम्मा दुईपटक फोनमा कुरा भयो। साउदी गएको १७ वर्ष भयो। न छोरी घर फर्किइन्, न सम्पर्क भयो। मेरो छोरी खोजिदिनुस् न है,’ सान्द्रीमाया भेटेजति सबैसँग दुःख पोख्छिन्।


गाउँकै शेरबहादुर तामाङले छोरीलाई विदेश पठाइदिन्छु भनेर पासपोर्ट बनाएर लगेको आमा सान्द्रीमाया बताउँछिन्। ‘२०६३ साल पुसमा छोरी घरबाट निस्केर गइन्। २०६३ सालकै माघ २ गते दिल्लीबाट साउदी अरब उडेको भन्ने थाहा पायौँ,’ उनले भनिन्, ‘विदेश गएपछि छोरीले साथीको फोनबाट दुईपटक फोन गरिन्। साथीले जागिर छाडेर जान लागेको छ भन्थिन्, त्यसपछि छोरीसँग बोली मिसिएको छैन,’ आँखाभरि आँसु पार्दै सान्द्रीमायाले भनिन्।

छोरी खोज्न चिनेजानेका सबैलाई अनुरोध गरेको उनी बताउँछिन्। ‘गाउँ, टोल, छरछिमेक, देश विदेश सबैलाई भनिसकेँ। तर, छोरीको अझै पत्तै लागेन।’ सान्द्रीमाया आफ्ना दुई भाइको सहारा लिएर छोरीको खोजी गरिरहेकी छिन्। ‘१२ वर्षमा खोली फर्कन्छ भन्छन्। छोरी बेपत्ता भएको १७ वर्ष बित्यो, तर उनी फर्किइनन्, न सम्पर्कमा आइन्,’ आँसु पुछ्दै उनले दुःखेसो पोखिन्, ‘मैले पहिले छोरी भेट्छु कि भगवानले मलाई पहिले भेट्छन्? त्यही दिनको प्रतीक्षामा छु।’

छोरीलाई विदेश पठाउन त्यति वेला आफूले गाउँकै शेरबहादुर तामाङलाई घरमै लगेर ५० हजार रुपैयाँ दिएको बताउँछिन्। ‘तर, अहिले शेरबहादुरले मैले विदेश पठाएको होइन भन्दै बहाना गरेर टार्छ। न मेनपावर कम्पनी थाहा, न विदेश पठाइदिएको मान्छे जिउँदो छ। छोरी खोजेरै मेरो जीवन बित्ने भयो,’ उनले भनिन्।

तर, शेरबहादुर भने आफूले विदेश नपठाएको जिकिर गर्छन्। ‘मैले विदेश पठाउने एकजना रुबीभ्यालीको कान्छीमाया तामाङसँग भेटाइदिएको हो। अरू मलाई थाहा भएन। विदेशचाहिँ गएको हो। केहीपटक मसँग पनि फोनमा कुरा भएकाे थियाे,’ उनले भने। पछि लागुऔषध मुद्दामा आफू ११ वर्ष जेलमा परेकाले आफूलाई अरू कुरा जानकारी नभएको शेरबहादुर बताउँछन्।

‘लागुऔषध मुद्दामा म ११ वर्ष जेल परेँ। मलाई भेट्न आउँदा पनि मैले सान्द्रीमायालाई त्यही दिदीकोमा पठाएको थिएँ। पछि के भयो मलाई थाहा भएन। अहिले त विदेश पठाइदिने त्यो दिदीको पनि दमका कारण मृत्यु भइसक्यो रे। गाउँकै बहिनी हो (मरिमाया), कसरी खोज्ने हो भन्ने मलाई पनि चिन्ता छ।’ -नयाँ पत्रिकाबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ