२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

१७ वर्षदेखि साउदीमा बेपत्ता छोरी खाेजिरहेकी सान्द्रीमाया

२०८०, १५ फाल्गुन मंगलवार ०९:५५

फागुन १५, काठमाडौँ | खनियाँबास गाउँपालिका– १ धादिङकी मरिमाया तामाङ १७ वर्षदेखि बेपत्ता छिन्। घरबाट साउदी अरब जान हिँडेकी छोरी बेपत्ता बनेपछि परिवारमा अहिलेसम्म रुवाबासी चलेको छ।

हिजोआज सान्द्रीमाया र उनका दुई भाइको दैनिकी मरिमाया खोजेरै बितिरहेको छ। ‘पैसा कमाएर आउँछु भनेर विदेश गएको छोरीसँग जम्मा दुईपटक फोनमा कुरा भयो। साउदी गएको १७ वर्ष भयो। न छोरी घर फर्किइन्, न सम्पर्क भयो। मेरो छोरी खोजिदिनुस् न है,’ सान्द्रीमाया भेटेजति सबैसँग दुःख पोख्छिन्।


गाउँकै शेरबहादुर तामाङले छोरीलाई विदेश पठाइदिन्छु भनेर पासपोर्ट बनाएर लगेको आमा सान्द्रीमाया बताउँछिन्। ‘२०६३ साल पुसमा छोरी घरबाट निस्केर गइन्। २०६३ सालकै माघ २ गते दिल्लीबाट साउदी अरब उडेको भन्ने थाहा पायौँ,’ उनले भनिन्, ‘विदेश गएपछि छोरीले साथीको फोनबाट दुईपटक फोन गरिन्। साथीले जागिर छाडेर जान लागेको छ भन्थिन्, त्यसपछि छोरीसँग बोली मिसिएको छैन,’ आँखाभरि आँसु पार्दै सान्द्रीमायाले भनिन्।

छोरी खोज्न चिनेजानेका सबैलाई अनुरोध गरेको उनी बताउँछिन्। ‘गाउँ, टोल, छरछिमेक, देश विदेश सबैलाई भनिसकेँ। तर, छोरीको अझै पत्तै लागेन।’ सान्द्रीमाया आफ्ना दुई भाइको सहारा लिएर छोरीको खोजी गरिरहेकी छिन्। ‘१२ वर्षमा खोली फर्कन्छ भन्छन्। छोरी बेपत्ता भएको १७ वर्ष बित्यो, तर उनी फर्किइनन्, न सम्पर्कमा आइन्,’ आँसु पुछ्दै उनले दुःखेसो पोखिन्, ‘मैले पहिले छोरी भेट्छु कि भगवानले मलाई पहिले भेट्छन्? त्यही दिनको प्रतीक्षामा छु।’

छोरीलाई विदेश पठाउन त्यति वेला आफूले गाउँकै शेरबहादुर तामाङलाई घरमै लगेर ५० हजार रुपैयाँ दिएको बताउँछिन्। ‘तर, अहिले शेरबहादुरले मैले विदेश पठाएको होइन भन्दै बहाना गरेर टार्छ। न मेनपावर कम्पनी थाहा, न विदेश पठाइदिएको मान्छे जिउँदो छ। छोरी खोजेरै मेरो जीवन बित्ने भयो,’ उनले भनिन्।

तर, शेरबहादुर भने आफूले विदेश नपठाएको जिकिर गर्छन्। ‘मैले विदेश पठाउने एकजना रुबीभ्यालीको कान्छीमाया तामाङसँग भेटाइदिएको हो। अरू मलाई थाहा भएन। विदेशचाहिँ गएको हो। केहीपटक मसँग पनि फोनमा कुरा भएकाे थियाे,’ उनले भने। पछि लागुऔषध मुद्दामा आफू ११ वर्ष जेलमा परेकाले आफूलाई अरू कुरा जानकारी नभएको शेरबहादुर बताउँछन्।

‘लागुऔषध मुद्दामा म ११ वर्ष जेल परेँ। मलाई भेट्न आउँदा पनि मैले सान्द्रीमायालाई त्यही दिदीकोमा पठाएको थिएँ। पछि के भयो मलाई थाहा भएन। अहिले त विदेश पठाइदिने त्यो दिदीको पनि दमका कारण मृत्यु भइसक्यो रे। गाउँकै बहिनी हो (मरिमाया), कसरी खोज्ने हो भन्ने मलाई पनि चिन्ता छ।’ -नयाँ पत्रिकाबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति