2026-06-27 06:47 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

भूकम्पपीडितहरुद्वारा वडा कार्यालयमा दबाब

जीवराज बख्रेल । माघ ४, हेटौडा । तथ्यांक सच्याउन
माग गर्दै निबेदन दिएको ६ महिना वित्दा पनि वडा कार्यालयले वास्ता नगरेपछि थाहानगरपालिस्थित
बज्रवाराहीका बास्तविक भूकम्पपीडितहरुले वडा कार्यालयमा भेला भएर दबाब दिएका छन् ।

भूकम्पपीडितहरुको तथ्यांक संकलन र राहत वितरणमा मनोमानी भएको भन्दै तथ्यांक
संकलन र अनुगमनका लागि नयाँ टोली ल्याउन माग गर्दै दबाब दिएका हुन् । दबाब दिन ११ देखि १५ वडा सम्मका
वास्तविक पीडितहरु भेला भएका थिए । उनीहरुले नयाँ टोली ल्याउन जति ढिलो गर्यो त्यति नै सरकारी राहत
दुरुपयोग हुने र आफूहरु वास्तविक पीडित थप मारमा पर्ने भन्दै सकभर छिटो तथ्यांक संकलनका लागि नयाँ टोली
ल्याउन माग गरेका छन ।दबाब दिन पुगेका पापुङका स्थानीय टेकमान गोपालीले आफ्नो आँखै अगाडि बास्तविक
पीडितले राहत नपाएको र नक्कली भूकम्पपीडितहरुले राहत पाएकाले अनुगमनको माग गरेको वताउनु भयो । “वास्तविक
पीडितको तथ्यांक नै छुटेको छ तर घर केही नभएकाहरुले धमाधम सरकारी राहत लिईरहेका छन्, त्यसैले नयाँ टोली
ल्याउन माग गरेका हौं ।” गोपालीले भन्नु भयो । उनीहरुले जिल्ला प्रशासन कार्यालयमा उजुरी हाल्ने तयारी
समेत गरेका छन् । वडा नम्वर १४ का संयोजक कल्पना बलामीले पनि राहत वितरणमा चरम मनोमानी भएकाले स्थानीय
प्रशासनले नयाँ टोली पठाउन ढिलाई गर्न नहुने वताउनु भयो ।

बज्रवाराही वडा कार्यालयमा करिव ६ महिना अगाडि नै पुनः तथ्यांक संकलनको माग गर्दै तीन सय जना
भन्दा बढीले निवेदन दिएका थिए । तथ्यांक संकलनमा आउने कर्मचारीहरुको हेल्चेक्राईले थुप्रैको नाम र थर
गलत लेखिएका कारण उनीहरु सरकारी राहत पाउनबाट वञ्चित भएका छन् । कतिपयको भत्किएको घर आंशिक सूचिमा
राखिएका छन भने कतिपयको सूचिमै छैन । सरकारी नियम अनुसार एउटा घरलाई एक पीडित मानेर राहत दिईने भएता पनि
यहाँ एउटै घरलाई तीन जनाको नाममा कार्ड बनाएर राहत लिएको समेत भेटिएको थियो । यहा पाँच वटा वडामा गरी
२३३ जना नक्कली घर धनीले राहत लिईरहेको भेटिएको हो ।

थाहा
नगरपालिकाको तथ्यांक अनुसार यस क्षेत्रमा जम्मा १६ सय धरधुरी रहेकोमा भूकम्पपीडितको तथ्यांकमा १८३३
घरधुरी देखिएका हुन् । थाहा नगरको ५ वटा वडाको संयुक्त वडा कार्यालय बज्रवाराहीका सचिव गौतम सिंह
वस्तीले आफू नयाँ नियुक्ती भएर आएकाले यथार्थ बुझ्न समय लागेको र स्थानीयको समस्या सम्बोधनको पहल गर्ने
वताउनु भयो । थाहानगरपालिका कार्यालयले भने भूकम्पपीडितको काम कारवाही जिल्ला दैवी प्रकोप समितीले
हेर्ने भन्दै वास्तविक भूकम्पपीडितको पीडाप्रति चासो दिएका छैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी