2026-07-24 06:26 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

रड र ढुङ्गा प्रहार भएपछि सुन्धारामा प्रतिरक्षा गरेका हौं : महानगर प्रहरी प्रमुख पाण्डे

फागुन १८, काठमाडौँ | काठमाडौं महानगरपालिकाका महानगर प्रहरी बलका प्रमुख वरिष्ठ नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डेले सुन्धारा घटनामा प्रतिरक्षा गरेको बताएका छन्।

नौ जना प्रहरी घाइते भएको बताउँदै पाण्डेले सडक किनारामा व्यापार गर्न आएका व्यापारीलाई पैदल मार्गमा व्यापारिक क्रियाकलाप नगर्न अनुरोध गर्दा नगर प्रहरीमाथि हस्तक्षेप गरेपछि प्रतिरक्षा गरेको बताएका हुन्।

नगर प्रहरी उपरीक्षक मनोज लामिछानेसहित तीन जनालाई टाउकोमा चोट लागेर गम्भीर घाइते भएको उनको भनाइ छ।

‘त्यस क्षेत्रमा सडक व्यापार नगर्न एक महिना अघिदेखि माइकिङ गरेर सचेत गराइरहेका थियौँ,’ उनले भने, ‘गएको १५ दिनअघि देखि व्यापारीहरूले नगर प्रहरीलाई गाली गर्न थालेका थिए।’

सडकमा व्यापारी आउन थालेको सूचना पाएपछि लामिछानेको कमाण्डमा प्रहरीहरू सुन्धारा पुग्नेबित्तिकै आक्रमण भएको उनको भनाइ छ।

उनले थपे, ‘भीडको अगाडि महिला राखेर पछाडिबाट फलामे रड र ढुङ्गा प्रहार भयो। यसबाट बच्न नगर प्रहरीले प्रतिरक्षा गरेको हो। कसैमाथि दमन गर्ने वा घरपकड गर्ने काम हामीबाट भएको छैन। त्यो हाम्रो काम पनि होइन।’

सडक व्यापार पूर्ण निषेध गर्ने महानगरपालिकाको नीति कार्यान्वयन गर्ने महानगर प्रहरी बल दायित्व भएको भन्दै आफूहरूले कर्तव्य गरेको बताए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक