२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

नाइट क्लवकी कर्मचारीमाथि सामूहिक बलात्कार, ट्याक्सी चालक पक्राउ

२०८०, १८ फाल्गुन शुक्रबार ०८:५०

फागुन १८, काठमाडौँ  | काठमाडौंमा नाइट क्लवकी कर्मचारीमाथि बलात्कार गरेको आरोपमा ट्याक्सी चालक पक्राउ परेका छन् ।

 काठमाडौंको दरबारमार्गस्थित आई क्लबमा काम गर्ने युवतीहरुलाई बिहान घर पुर्‍याउने जिम्मेवारी पाएका ५८ वर्षीय पदम घ्याम्चो तामाङ पक्राउ परेका हुन् । अर्का २९ वर्षीय दीपकबहादुर श्रेष्ठमाथि पनि बलात्कारको आरोप लागेको छ ।

घटना गत माघ २० गतेको हो । जाहेरवालाले आफू क्लबमा आउने ग्राहकहरुसँग बसेर मदिरा सेवन गर्ने गरेको उल्लेख गरेकी छन् । राति काम सकेर क्लबमा काम गर्ने ५ जना युवतीलाई बिहान साढे ४ बजे ट्याक्सीमा राखेर पदमले घर पुर्‍याउने क्रममा आफूलाई भने गोठाटारस्थित शैलुङश्वरी होटल एन्ड लजमा पुर्‍याएर उनीसहितले बलात्कार गरेको जाहेरीमा उल्लेख छ । जाहेरवालाले माघ २० गते अपरान्ह ४ बजेमात्र मदिराले छोडेर आफ्नो होस खुल्दा नग्न अवस्थामा पाएपछि बलात्कृत भएको थाहा पाएको प्रहरीसमक्ष बताएकी छन् ।

पक्राउ परेका पदमको दाबीअनुसार घर पुर्‍याउने क्रममा जाहेरवाला ट्याक्सीबाट बाहिर निस्कनै सक्ने अवस्थामा नभएकाले जम्बु डाँडामा पुगेर सार्वजनिक स्थानमा पार्किङ गरेका थिए । त्यति बेलै उनका साथी दीपक प्राइभेट कार लिएर त्यहाँ पुगेका थिए । उनले ट्याक्सीभित्र युवती देख्नेबित्तिकै होटल जाने आशय व्यक्त गरेर उनले होटल लगेको दाबी गरेका छन् । पछि जाहेरवालाले नै बोलाएपछि आफू उनी बसेको कोठामा पुगेको उनको दाबी छ । पदमका अनुसार जाहेरवालाकै आग्रहमा उनीहरुबीच शारीरिक सम्पर्क भएको थियो ।

यो घटनामा सुजन भने फरार छन् । दुवै जनाविरुद्ध ७ देखि १० वर्षसम्म कैद सजाय माग गरेर अभियोगपत्र दायर गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति