कात्तिक ४, काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद महेन्द्र बहादुर शाहीले अख्तियार प्रमुखमाथि ल्याईएको महाअभियोगको प्रस्ताव पार्टीमा छलफल नगरी ल्याईएको स्पष्ट प"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक ४, काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद महेन्द्र बहादुर शाहीले अख्तियार प्रमुखमाथि ल्याईएको महाअभियोगको प्रस्ताव पार्टीमा छलफल नगरी ल्याईएको स्पष्ट प"/>
२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पार्टीभित्र छलफल गरेर महाअभियोग प्रस्ताव ल्याएको होईन: शाही

२०७३, ४ कार्तिक बिहीबार ०९:४३

कात्तिक ४, काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद महेन्द्र बहादुर शाहीले अख्तियार प्रमुखमाथि ल्याईएको महाअभियोगको प्रस्ताव पार्टीमा छलफल नगरी ल्याईएको स्पष्ट पारेका छन् ।

बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै शाहीले थपे,‘हामीले सांसदको स्वतन्त्र अधिकारको उपयोग गरेर यो प्रस्ताव ल्याएका हौं, मुलुकमा कानूनी शासनको निरीहिता रहनुहुँदैन भनेर हामीले स्वतन्त्र अधिकार प्रयोग गरेका छौं ।’

शाहीले अख्तियार प्रमुख कार्कीले आफ्नो कार्यक्षेत्र नाघेर पूर्वाग्रही ढंगले काम गरेको आरो लगाउँदै भने,‘संसदको निर्देशन उल्लंघन गर्ने काम भयो, उहाँले समितिलाई समेत छल्ने काम गर्नुभयो, समितिले बोलाउँदा उहाँ नआउने, विरामी भएको नाटक पार्ने तर त्यही दिन अर्को कार्यक्रममा जाने ? यो उहाँको गलत नियत थियो भन्ने कुरा प्रमाणित हुन्छ ।’

शाहीले अख्तियार प्रमुख कार्कीले व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकालाई लत्याउने काम गरेकोले बाध्य भएर उनको विरुद्धमा महाअभियोग प्रस्ताव ल्याएको जिकिर गरे । उनले भने,‘लोकमानले यो देशमा समानान्तर सरकार गठन गरे, कानूनी राज्यको उपहास गरे, मन नपरेका मान्छेहरुलाई पूर्वाग्रहरु भावनाले कारवाही गरेर आतंक मच्चाउने काम गरेका थिए, त्यसैले यो प्रस्ताव पारित हुन्छ भन्नेमा म पूर्ण विश्वस्त छु ।’ उनले लोकमानको गलत गतिविधिका कारण मुलुकमा विकास निर्माणका कार्य ठप्प भएको समेत आरोप लगाए ।

पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले त लोकमानसँग आफ्नो कुरा भएको र यो विषय टुगिएको बताएका थिए नि भन्ने पत्रकार प्रश्नमा उनले भने,‘खोई, उहाँले के मिल्यो भन्नुभयो, हामीले पनि अखबारमा पढेका हौं, कति सत्य हो अखबार नै जानोस्, तर यसबारेमा हामी अहिलेसम्म अनभिज्ञ नै छौं ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी