१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

वर्तमानदेखि सम्भवत: भविष्यका प्रधानमन्त्रीहरू एउटै मञ्चमा विरलै देखिन्छन् : रवि

१८ फाल्गुन २०८०, शुक्रबार ०९:३९

फागुन १८, काठमाडौँ  | राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देशको विकास र आगामी पुस्ताको भविष्यका लागि सबै शीर्ष नेताहरुलाई राष्ट्रिय मुद्दामा एकै ठाउँमा उभिन आग्रह गरेका छन् ।

भरतपुर भ्रमण वर्षको उद्घाटन समारोहलाई सम्बोधन गर्दै आजको कार्यक्रमको उपस्थितिले आफैंमा राम्रो सन्देश बन्नसक्ने बताए ।


उनले भने, ‘विरलै देखिने देशका शीर्ष नेताहरु एउटै मञ्चमा, यो नेपाली जनताले एकदमै कम देख्ने दृष्य हो । देशको विकास र आगामी पुस्ताको भविष्यका लागि यो मञ्चका सबै नेताहरु राष्ट्रिय मुद्दामा एकैठाउँमा उभिन सकुन् । हामीले चाह्यौं भने सक्छौं। त्यहाँबाट हेर्दा यो मञ्च पावरफुल देखिन्छ होला । कति शक्तिशाली देखिन्छ हेर्नुस् त वर्तमान प्रधानमन्त्रीदेखि पूर्वप्रधानमन्त्रीहरु, सम्भवत भविष्यका प्रधानमन्त्रीहरु पनि सबै भएको। यत्रो ठूलो मञ्चमा कति ठूलो शक्ति छ । तर, त्यहाँ भन्दा जनतामा धेरै शक्ति छ। जुन दिन यहाँको शक्तिलाई त्यहाँको शक्तिले चिन्छ देशले मुहार फेर्नेछ ।’

समहोरोमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डसहित पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, केपी शर्मा ओली, माधवकुमार नेपाल, झलनाथ खनाल, पूर्वमन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मी उपस्थित छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ