2026-08-23 12:57 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

दशरथ रंगशाला अन्तर्राष्ट्रिय खेलको लागि खराब रहेको एएफसीकाे ठहर, नेपाल र बहराइनको छनोट खेल अब नेपालमा नहुने

फागुन १८, काठमाडौँ  | अन्तर्राष्ट्रिय फुटबलको लागि फिफाले अनुमति दिएको नेपालको एकमात्र रंगशालाको अवस्था खराब रहेको भन्दै नेपाल र बहराइनबीच हुने फिफा विश्वकप २०२६ र एएफसी एसियन कप छनौट २०२७ को छनोट खेल अब नेपालमा नहुने भएको छ ।

एसियाली फुटबल महासंघ (एएफसी) ले अन्तर्राष्ट्रिय प्रतियोगिताको लागि दशरथ रंगशाला उपयुक्त नभएको पत्र अखिल नेपाल फुटबल संघ (एन्फा)लाई पठापछि एन्फाले एक स्टेटमेन्ट जारी गर्दै प्रतियोगिता नेपालमा नहुने जनाएको हो ।

एएफसीले चैत्र ८ मा नेपालको दशरथ रंगशाला तथा १३ गते बहराइनमा खेल हुने तालिका सार्वजनिक गरेको थियो ।

अब खेल न्युट्रल भेन्युमा हुने एन्फाले जनाएको छ । एएफसीले एकजना आफ्नो प्रतिनिधीलाइ रंगशालाको निरीक्षण गर्न लगाएको थियो । एएफसीको तर्फबाट रंगशाला निरिक्षणको लागि आएका मिन्दु दोर्जेले सोमबार रंगशालाको निरीक्षण गरेका थिए ।

रंगशाला निरिक्षण गर्दा खुसी नदेखिएका दोर्जेले अन्तर्राष्ट्रिय फुटबलको लागि हालको अवस्थामा दशरथ रंगशाला उपयुक्त नभएको जानकारी सहितको प्रतिवेदन एएफसीलाई बुझाएको थियो ।

घरेलु मैदानको खेल अब न्युट्रल भेन्युमा हुने भएपछि नेपाललाइ घरेलु दर्शकको साथ नहुने देखिएको छ । एन्फाले नेपाली फ्यानहरुलाइ दु:खको साथ यो खबर बताउनु परेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा २ जना पक्राउ रास्वपाको नीति–कार्यक्रम माथिल्लो वर्गको हितमा मात्रै छ : झलनाथ खनाल विश्वप्रकाश शर्माको अपिल: अदालत होइन, पार्टी कार्यालयमै बसेर कांग्रेसको विवाद समाधान गरौँ सामाजिक सञ्जालमा अनेकौँ पेज सञ्चालन गर्दैमा पार्टी बलियो बन्दैन : दीपक खड्का म्याग्दीबाट मुस्ताङतर्फ अघि बढे प्रधानमन्त्री बालेन गरिमा चौधरीलाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन यो सरकार पाँच वर्ष कुनै हालतमा जाँदैन : केपी ओली पहिरो खसेपछि पासाङल्हामु सडक पूर्ण रूपमा अवरुद्ध अनुदानको मल कालोबजारी गरेको आरोपमा तीन जना पक्राउ गरिमाको हत्यामा गृहमन्त्रीको स्पष्ट सन्देश: ‘दोषी उम्कनु हुँदैन, निर्दोष फस्नु हुँदैन’ मतदाता नामावली अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध राष्ट्रियसभाबाट ‘नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक’सर्वसम्मतिले स्वीकृत रास्वपामा तीन पदाधिकारीसहित ४२ केन्द्रीय सदस्य अर्को बैठकबाट मनोनीत हुने साताको अन्तिम दिन घट्यो नेप्से शंखमुलको होस्टलमा कुटपिटपछि २२ वर्षीय युवकको मृत्यु गरिमालाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन प्रधानमन्त्री शाह काठमाडौँबाट पोखरातर्फ प्रस्थान राजनीतिक मुद्दाको समाधान केवल राजनीतिक संवादबाट मात्र सम्भव छ: प्रदीप पौडेल जाजरकोटमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते सुनको मूल्य एकैदिन तोलामा ३ हजार ३०० रुपैयाँले बढ्यो