Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

आज दुबईमा रोजगार मेला हुँदै, श्रममन्त्री भण्डारी दुबई आईपुगे

१८ फाल्गुन २०८०, शुक्रबार २२:५३

फागुन १९, दुबई । सनिबार (आज) दुबईमा आयोजना हुने 'दुबई रोजगार मेला' मा सहभागी हुन श्रममन्त्री शरदसिंह भण्डारी दुबई आईपुगेका छन् । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आयोजनामा युएई स्थित दुबईको होटल मरिनामा आयोजना हुने 'रोजगार मेला'मा सहभागी हुन मन्त्री भण्डारी दुबई आईपुगेका हुन् ।


रोजगार मेलाको सम्पूर्ण तयारी पूरा भएको संघका अध्यक्ष राजेन्द्र भण्डारीले जानकारी दिएका छन् । मेलामा एक सय भन्दा बढी म्यानपावर व्यवासायीहरु सँगै दुबईमै व्यवसाय गर्दै आएका नेपालीहरुको सहभागीता हुनेछ । नेपालले यसअघि २००७ जुन ६ मा दुबईको ग्रान्ड हायात होटलमा रोजगार मेलाको आयोजना गरेको थियो । त्यसको १७ बर्ष पछि रोजगार मेला आयोजना हुन लागेको हो । यो मेलाको सन्देश नेपालीलाई रोजगार दिने विश्वका बिभिन्न मुलुकमा सकारात्मक रुपमा पुग्ने बताइएको छ । 

मेलामा शुक्रबार बेलुकासम्म ६४ वटा स्टल राखिने निश्चित भएको संघका महासचिव मेघनाथ भुर्तेलले जानकारी दिए । रोजगार मेलामा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारी, सचिव केवलप्रसाद भण्डारी, वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक डा. द्वारिका उप्रेतीलगायतको उपस्थिति रहने छ । यसकालागि मन्त्री, सचिव लगायत सबै टोली शुक्रबार बेलुकानै दुबई आईपुगीसकेका छन् । 

दुवई रोजगार मेलाबाट रोजगारदाता र म्यानपावर व्यवसायी बीच सिधा सम्पर्क स्थापना भई बिचौलियाबिनै वैदेशिक रोजगारमा डिमाण्ड पाउन सक्ने र त्यस्ता डिमाण्डमा कामदार पठाउँदा श्रमिकलाई समेत फाइदा हुने विश्वास लिईएको छ । मेलाको माध्यमबाट युएईका रोजगारदाता सामु नेपालबाट युएई मुलुकका लागि जस्तोसुकै पदमा नेपाली कामदार पठाउन नेपाल सक्षम रहेको सन्देश प्रवाह गर्ने व्यवसायीहरुले विश्वास लिएका छन् । 

मेलामा यूएईस्थित रोजगारदाताहरु, युएईका सबै स्टेटका चेम्बर, इन्डियन इन्भेष्टमेन्ट ग्रुप, सबै बिजनेस कम्युनिटी, एचआर एशोसिएसनलगायतको सहभागिता रहने उक्त मेला यूएईस्थित नेपाली दूतावासको सहकार्य हुँदैछ ।


फोटो: साझा सबाल मिडिया  (दुबई)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ