2026-06-29 05:54 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

भाजपाले अभिनेता अक्षयकुमारलाइ उम्मेदवार बनाउन सक्ने

फागुन १९, नयाँदिल्ली | भारतको लोकसभा चुनाव अघि एउटा ठूलो जानकारी बाहिर आएको छ । 

भारतीय सञ्चारमाध्यमका अनुसार भारतीय जनता पार्टी (बीजेपी) ले आगामी लोकसभा चुनावमा धेरै सेलिब्रेटीलाई उम्मेदवार बनाउन सक्ने भएको छ । जसमध्ये भाजपाले पूर्व भारतीय क्रिकेटर युवराज सिंहलाई गुरदासपुरबाट उम्मेदवार बनाउन सक्छ, जहाँ अभिनेता अक्षय कुमारलाई चण्डीगढ वा दिल्लीको जुनसुकै सिटबाट टिकट दिन सक्ने जनाइएको छ ।

यसैगरी, जपाले पूर्व सांसद तथा चलचित्र अभिनेत्री जया प्रदालाई दक्षिण भारतको कुनै पनि सिटबाट चुनाव लड्न सक्ने जानकारी आएको छ । सेलिब्रेटी उम्मेदवारका बारेमा भाजपाले प्रारम्भिक छलफल गरिरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 

भारतीय जनता पार्टीको केन्द्रीय निर्वाचन समितिको बैठक बिहीबार बसेको थियो । सो बैठक पछि भाजपाले आगामी दिनमा लोकसभा चुनावका लागि उम्मेदवारको पहिलो सूची सार्वजनिक गर्न सक्ने अनुमान गरिएको थियो । यो सूचीमा ती उम्मेदवारहरूको नाम समावेश हुनेछ जसको स्थिति बलियो छ। जसमा प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह र रक्षामन्त्री राजनाथ सिंहलगायतको नाम समावेश रहेको छ।

अब भाजपाले धेरै सेलिब्रेटीहरूलाई टिकट दिएर चुनावी लाभ उठाउने प्रयास गरिरहेको स्रोतबाट जानकारी आएको छ। तर, यी ती सिटहरू हुन्, जहाँ भाजपा बलियो स्थितिमा छ ।

सोही क्रममा बिहार, पञ्जाब र आन्ध्र प्रदेशमा भाजपाले आगामी दुई दिनमा गठबन्धनको गणित समाधान गर्ने र क्षेत्रीय दलहरूसँगको छलफलपछि जतिसक्दो चाँडो उम्मेदवारको नाम टुंगो लगाउने स्रोतबाट जानकारी प्राप्त भएको छ ।

पञ्जाबमा अकाली दल, आन्ध्र प्रदेशमा टीडीपी र बिहारमा जेडीयू, एलजेपी, जितनराम मांझीको हम र उपेन्द्र कुशवाहाको पार्टीसँग सम्झौता गर्ने तयारी गरिरहेको छ । ३ मार्च साँझसम्म भाजपाले कहाँबाट कसलाई उम्मेदवार बनाउने भन्ने तस्वीर स्पष्ट हुने विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी