१ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

भाजपाले अभिनेता अक्षयकुमारलाइ उम्मेदवार बनाउन सक्ने

१९ फाल्गुन २०८०, शनिबार ०३:०६

फागुन १९, नयाँदिल्ली | भारतको लोकसभा चुनाव अघि एउटा ठूलो जानकारी बाहिर आएको छ । 

भारतीय सञ्चारमाध्यमका अनुसार भारतीय जनता पार्टी (बीजेपी) ले आगामी लोकसभा चुनावमा धेरै सेलिब्रेटीलाई उम्मेदवार बनाउन सक्ने भएको छ । जसमध्ये भाजपाले पूर्व भारतीय क्रिकेटर युवराज सिंहलाई गुरदासपुरबाट उम्मेदवार बनाउन सक्छ, जहाँ अभिनेता अक्षय कुमारलाई चण्डीगढ वा दिल्लीको जुनसुकै सिटबाट टिकट दिन सक्ने जनाइएको छ ।

यसैगरी, जपाले पूर्व सांसद तथा चलचित्र अभिनेत्री जया प्रदालाई दक्षिण भारतको कुनै पनि सिटबाट चुनाव लड्न सक्ने जानकारी आएको छ । सेलिब्रेटी उम्मेदवारका बारेमा भाजपाले प्रारम्भिक छलफल गरिरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 

भारतीय जनता पार्टीको केन्द्रीय निर्वाचन समितिको बैठक बिहीबार बसेको थियो । सो बैठक पछि भाजपाले आगामी दिनमा लोकसभा चुनावका लागि उम्मेदवारको पहिलो सूची सार्वजनिक गर्न सक्ने अनुमान गरिएको थियो । यो सूचीमा ती उम्मेदवारहरूको नाम समावेश हुनेछ जसको स्थिति बलियो छ। जसमा प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह र रक्षामन्त्री राजनाथ सिंहलगायतको नाम समावेश रहेको छ।

अब भाजपाले धेरै सेलिब्रेटीहरूलाई टिकट दिएर चुनावी लाभ उठाउने प्रयास गरिरहेको स्रोतबाट जानकारी आएको छ। तर, यी ती सिटहरू हुन्, जहाँ भाजपा बलियो स्थितिमा छ ।

सोही क्रममा बिहार, पञ्जाब र आन्ध्र प्रदेशमा भाजपाले आगामी दुई दिनमा गठबन्धनको गणित समाधान गर्ने र क्षेत्रीय दलहरूसँगको छलफलपछि जतिसक्दो चाँडो उम्मेदवारको नाम टुंगो लगाउने स्रोतबाट जानकारी प्राप्त भएको छ ।

पञ्जाबमा अकाली दल, आन्ध्र प्रदेशमा टीडीपी र बिहारमा जेडीयू, एलजेपी, जितनराम मांझीको हम र उपेन्द्र कुशवाहाको पार्टीसँग सम्झौता गर्ने तयारी गरिरहेको छ । ३ मार्च साँझसम्म भाजपाले कहाँबाट कसलाई उम्मेदवार बनाउने भन्ने तस्वीर स्पष्ट हुने विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक सुनको मूल्य घट्यो रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै एमालेको नयाँ नेतृत्वका लागि आज मतदान : ८० विद्युतीय उपकरण प्रयोग गरिँदै भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल