2026-06-29 05:54 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

मस्कले दायर गरे च्याटजीपीटी निर्माता ओपनएआईका सीईओ साम अल्टम्यान बिरूद्द मुद्दा

फागुन १९, न्युयोर्क | टविटर र टेस्लाका सीईओ एलोन मस्कले च्याटजीपीटी निर्माता ओपनएआई र यसका सीईओ साम अल्टम्यान विरुद्ध मुद्दा दायर गरेका छन् । 

एलन मस्कले आर्टिफिसियल इन्टेलिजेन्स कम्पनीले मानिसको हितका लागि एआई प्रणाली बनाउने आफ्नो लक्ष्यसँग सम्झौता गरेको र माइक्रोसफ्टले आफ्नो लक्ष्य अन्तर्गत अधिकतम आम्दानी गरेको आरोप लगाएका छन्।

ओपनएआई अमेरिकी आर्टिफिशियल इन्टेलिजेन्स कम्पनी हो । एआई प्रविधिको भविष्यलाई ध्यानमा राख्दै यस कम्पनीले च्याटबट सेवा सुरु गरेको थियो,  जसको नाम च्याटजीपीटी हो ।

यो सेवाले छोटो समयमै विश्वभर धेरै लोकप्रियता हासिल गर्‍यो र एआईको मामिलामा साम ओल्टम्यानको कम्पनी ओपनएआईले गुगल, सामसुङ र माइक्रोसफ्ट जस्ता ठूला कम्पनीहरूलाई पछाडि छोडन पुग्यो तर अब ओपनएआई विश्वको सबैभन्दा ठूलो टेक्नोलोजी कम्पनी बनेको छ। र, साथै माइक्रोसफ्टको बन्द स्रोत सहायक कम्पनीमा परिणत भएको छ।

यो नयाँ साझेदारी अन्तर्गत यो कम्पनीले आफ्नो विकास मात्र गर्दैन, माइक्रोसफ्टको लागि अधिकतम नाफा कमाउन एजिआइ प्रयोग गरिरहेको छ जबकि तिनीहरूले यसलाई मानवताको हितको लागि प्रयोग गर्नु पर्थ्यो।

यो कुराबाट आक्रोशित एलोन मस्कले ओपनएआई र साम ओल्टम्यानविरुद्ध मुद्दा दायर गरेका हुन । कोर्टहाउस न्यूजका अनुसार टेस्लाका सीईओले सान फ्रान्सिस्को सुपीरियर कोर्टमा दायर गरेको मुद्दामा ओपनएआईलाई सम्झौताको उल्लंघन, विश्वस्त कर्तव्यको उल्लङ्घन र अनुचित व्यापार अभ्यासको आरोप लगाएका छन्। उनका अनुसार सो कम्पनीले आफ्नो आधारभूत सम्झौताहरू उल्लङ्घन गरेको छ र अब खुला स्रोतको प्लेटफर्ममा फर्कनु पर्छ।

ओपनएआईका अध्यक्ष ग्रेगरी ब्रोकम्यान र यसका सीईओ साम अल्टम्यानलाई मुख्यतया यस मुद्दामा नाम दिइएको छ। यसका साथै मस्कले माइक्रोसफ्ट र ओपनएआईका शीर्ष अधिकारीहरूलाई एआई प्रविधि प्रयोग गरेर नाफा कमाउन प्रतिबन्ध लगाउन पनि अदालतलाई आग्रह गरेका छन्।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी