१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

रौतहटबाट ५ राउण्ड गोली लोड गरिएको अटोमेटिक पेस्तोल बरामद

१९ फाल्गुन २०८०, शनिबार १०:३६

फागुन १९, रौतहट | ब्रह्मपुरीबाट ५ राउण्ड गोली लोड गरिएको अटोमेटिक पेस्तोल बरामद

सशस्त्र प्रहरी बल नेपालले शुक्रबार साँझ गोली लोड गरिएको पेस्तोल बरामद गरेको छ । 

सशस्त्रले जिल्लाको सीमावर्ती क्षेत्रस्थित ब्रह्मपुरी गाउँपालिका–५, इनरुवा सीमा इलाकाबाट मेड इन यूएसए लेखिएको १ एक थान पेस्तोल र म्यागजिनमा लोड गरिएको ५ राउण्ड गोली बरामद गरेको हो ।

शुक्रबार साँझ ८ बजे बोर्डर आउट पोष्ट (बीओपी) सखुअवाबाट खटिएको गस्ती टोलीले चेक प्वाइन्ट थापेर चेकजाँच गर्नेक्रममा हतियार बरामद भएको सशस्त्र प्रहरी बल नेपाल नं. १० गण हेडक्वार्टर अगर्वाले जनायो  

भारतबाट नेपालतर्फ आउँदै गरेको भारतीय बीआर ३० एक्स ७७१३ नम्वरको मोटरसाइकलमा सवार दुई अपरिचित व्यक्ति चेकिङमा रहेका सशस्त्र प्रहरीलाई देख्नासाथ भाग्न खोज्दा उनीहरुको साथबाट हतियार खसेको बुझिएको छ ।

ती दुवै व्यक्ति तत्कालै भारततर्फ नै फरार भएका छन् । म्यागजिनमा गोली लोड गरिएको पेस्तोल बरामद हुनुले उक्त व्यक्तिहरु नेपालतर्फ कोही कसैमाथि सिधै आक्रमण गर्न आएको हुनसक्ने सुरक्षा अधिकारीहरुले आशंका गरेका छन् । 

बरामद गरिएको हतियार आवश्यक कारवाहीका लागि नेपाल प्रहरीलाई बुझाइने सर्लाहीका सशस्त्र प्रहरी उपरीक्षक विनोदराज खनालले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ