१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

मदिराले छिनको छिनमा निम्त्याएको गोपाल ढकालको हत्या, श्रीमतीलाई दुई लाख माग्दै ‘प्राङ्क’ कल

२० फाल्गुन २०८०, आईतवार ०९:०२

फागुन २०, काठमाडौं |  तेह्रथुम छथर गाउँपालिका-५ घर भई भक्तपुर बस्दै आएका गोपालप्रसाद ढकालको हत्यामा संलग्न व्यक्ति पक्राउ परेका छन्।काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ पर्नेमा चाँगुनारायण नगपालिका-६ का २९ वर्षीय सन्तोष सुवाल रहेका छन्।

सुवाललाई शनिबार काभ्रेपलाञ्चोक मन्डन देउपुर नगरपालिका-६ बाट पक्राउ गरिएको कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले बताए।सूर्यविनायक-८ सिपाडोलमा बस्दै आएका ३३ वर्षीय ढकालको गत फागुन ९ गते राति हत्या भएको थियो। उनको सोही ठाउँको एउटा गोठमा हत्या गरेको अवस्थामा शव फेला परेको थियो।


हत्यापछि ढकालको मोबाइलसहित फरार भएका सुवालको साथबाट मोबाइलसमेत बरामद भएको छ। ९ गते राति ८ बजे ढकाल  कोठाबाट निस्केका थिए। त्यसपछि नजिकैको पसलमा खानपिनपछि सुवालसँग गोठतर्फ गएका थिए।

त्यहाँ पुगेपछि ढकालको मोबाइलबाट सुवालले श्रीमती रेनुलाई फोन गर्दै दुई लाख रुपैयाँ लिएर आउनू भनी धम्की दिएका थिए। भोलिपल्ट वृत्त जगातीमा रेनुले खोजीका लागि निवेदन दिएकी थिइन्। खोजी सिलसिलामा फागुन ११ गते बिहान ढकालको शव फेला परेको थियो।

सुवालले ढकाललाई ९ गते राति नै हत्या गरेको अनुसन्धानले देखाएको छ।

यस्तो थियो हत्याको कारण

सुवाल चाँगुनारायण घर भए पनि सिपाडोल-८ मा श्रीमती साथ डेरा बस्दै आएका थिए। उनी सामान्य पृष्ठभूमिका मानिस हुन्। ढकाल र सुवालको त्यही दिन राति मदिरा पसलमा चिनजान भएको रेग्मीले बताए। 

मदिरा सेवन गर्ने क्रममा दुबै नजिकिए। ढकाल र सुवालकै योजनामा उनीहरूले श्रीमती रेनुलाई ‘प्राङ्क’ कल गरी रकम मागेका थिए। ‘हत्याअघि नै दुई लाख रुपैयाँ मागेर जिस्क्याउने योजनाअनुसार दुबैको सहमतिमा फोन गरेको देखिन्छ,’ उनले भने। 

मदिराको सुरमा दुबै जना सुवालको कोठा गए। रेग्मीका अनुसार कोठामा पुगेपछि सुवाल र ढकालको झगडा परेको थियो। ‘ढकालले सुवालकी श्रीमतीलाई दुर्व्यवहार गरेको, हात समातेको देखेपछि दुबै जनाबीच झगडा भएको खुलेको छ,’ एसपी रेग्मीले भने। 

झगडापछि दुबै जना हातपात गर्दै कोठाबाट निस्किए। वारिपट्टीको रोशन बस्नेतको कच्ची गोठसम्म पुगे। झगडा भइरहेको बेला सुवालले अचानक ढकालमाथि इँटा र ढुंगा प्रहार गरेको रेग्मीले बताए। टाउकोमा इँटा-ढुंगा प्रहार गर्दा ढकालको मृत्यु भयो। त्यसपछि उनले गोठमा परालले शव छोपे। ढकालको मोबाइलसमेत लिएर सुवाल फरार भएका थिए। 

घटना भएपछि जिल्ला प्रहरी परिसर भक्तपुर, अपराध अनुसन्धान कार्यालय र वृत्त जगातीले अनुसन्धान थालेका थिए। रकम माग गरिएकाले सुरूमा अपहरणपछि हत्या भएको हुनसक्ने आशंका गरिए पनि अनुसन्धानले त्यसलाई सहारा नदिएको रेग्मीले बताए।

ढकाल कोठाबाट निस्किएपछि नजिकैको मदिरा पसल पुगेका थिए। त्यहीँ उनीहरूको चिनजान भएको थियो।

त्यो पसलमा बाहिर सडकमा मागेर हिँड्ने एक जना केटा र केटी छिरेका थिए। ढकाल र सुवाल निस्किनुअघि नै उनीहरू बाहिरिएका थिए।

दुबैलाई प्रहरीले पक्राउ गरी सोधपुछसमेत गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ