२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

हुन्डी कारोबारमा संलग्न रहेको आरोपमा ५ जना पक्राउ

२०८०, २१ फाल्गुन सोमबार ०९:२९

फागुन २१, बारा । हुन्डी कारोबारमा संलग्न रहेको आरोपमा बारा जिल्लामा ५ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बाराले उनीहरूलाई २१ लाख रुपैयाँ रकमसहित पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा प्रहरी टोलीले गत फागुन १८ गते  भारतको बिहार राज्यको मोतिहारी घर भएका २९ वर्षीय रञ्जित सरार्फ र बारा महागढीमाई नगरपालिका-१ घर भई आसिफ मनि चेन्जर सञ्चालन गरी बस्ने ३९ वर्षीय मेराजुल हक अन्सारी तथा  ३१ वर्षीय कलामुदिन अन्सारीलाई पक्राउ गरेको हो । कलैया उप-महानगरपालिका वडा न. ६ स्थित अस्पताल रोडबाट सर्राफलाई कुनै पनि बैंकको इजाजत पत्र नलिई भारतबाट नेपालमा रकम ओसार पसार गर्ने क्रममा लुकाई छिपाई ल्याएको विभिन्न दरको पाँच लाख रुपैयाँसहित पक्राउ गरिएको थियो । 


त्यसपछि उक्त हुण्डी कारोबारमा संलग्न रहेका आसिफ मनि चेन्जरका सञ्चालकहरूलाई पनि पक्राउ गरिएको थियो । उनीहरूलाई बैंक तथा वित्तीय संस्था सम्बन्धीको कसूर मुद्दा दर्ता गरी जिल्ला अदालत बाराबाट सात दिन म्याद थप गरी अनुसन्धान कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ ।

त्यसैगरी विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय छत्वाबाट खटिएको प्रहरी टोलीले फागुन २० गते कलयाणपुर सुलिगेटमा भारतबाट नेपालतर्फ आउँदै गरेको भारतीय मोटरसाइकलसहित भारतको बिहार घर भएका ४२ वर्षीय कृष्णलाल प्रसाद र ४० वर्षीय रवि शंकर सिंलाई पक्राउ गरेको छ । उनीहरूको साथबाट कुनै पनि बैंकको इजाजत पत्र नभएको विभिन्न दरको नेपाली सोह्र लाख नौ हजार रुपैयाँ बरामद गरिएको छ । उनीहरूलाई नियन्त्रणमा लिई अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति