१३ मंसिर २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

साफ यू–१६ महिला च्याम्पियनसिप फुटबल : भुटानलाई ३ गोलले हरायो नेपालले

२१ फाल्गुन २०८०, सोमबार ११:३०

फागुन २१, काठमाडौं | साफ यू–१६ महिला च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपालले पहिलो जित हासिल गरेको छ । नेपालले सोमबार खेलिएको आफ्नो दोस्रो खेलमा भुटानलाई ३–० गोलले हराएको हो ।

जितसँगै नेपालले प्रतियोगिताको फाइनलमा पुग्ने सम्भावना कायमै राखेको छ । नेपाली टोली यसअघि खेलिएको आफ्नो पहिलो खेलमा बंगलादेशसँग ०–२ गोलले पराजित भएको थियो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार खेलिएको खेलमा नेपालले तीनवटै गोल पहिलो हाफमा ग¥यो । नेपालका लागि पूजा गिरी, भूमिका बुढाथोकी र ग्यान्सु डोल्मा लोले एक–एक गोल गरे ।


जारी प्रतियोगितामा नेपाल, भारत, बंगलादेश र भुटान गरी चार राष्ट्रको सहभागिता रहेको छ । लिग चरणपछि अंक तालिकाको माथिल्लो दुई स्थानमा रहने टोली प्रतियोगिताको फाइनलमा पुग्नेछन् । हाल एक खेल खेलेको भारत तीन अंकसहित तालिकाको पहिलो स्थानमा आसिन छ । भारतले आफ्नो पहिलो खेलमा भुटानलाई ७–० गोलको फराकिलो अन्तरले हराएको थियो ।

यसैगरी दुई खेल खेलेको नेपाल तीन अंकसहित तालिकाको दोस्रो स्थानमा छ । एक खेल खेलेको बंगलादेश तीन अंकसहित तालिकाको तेस्रो स्थानमा आसिन छ । प्रतियोगिताको लिग चरणमा नेपालले आफ्नो तेस्रो तथा अन्तिम खेल आगामी बिहीबार भारतसँग खेल्नेछ । त्यसअघि मंगलबार भारत र बंगलादेशबिच खेल हुनेछ ।

लिग चरणको अन्तिम खेल भने शुक्रबार बंगलादेश र भुटानबिच खेलिने छ । प्रतियोगिताको फाइनल खेल मार्च १० तारिखमा खेलिने छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेलाई काठमाडौं ल्याइँदै, एयरपोर्टमा जम्मा हुन रास्वपाको आग्रह ब्युटी फिल्टरको प्रयोगमा प्रतिबन्ध लगाउँदै टिकटक, किन? कमेडी सिरियल ‘गजब छ बा’ शनिबारदेखि प्रसारणमा आउँदै उत्तर प्रदेशमा कार दुर्घटनाः गुगल म्याप र निर्माण विभागमाथि मुद्दा, घटनाबारे के भन्छ गुगल? नेपाली विद्यार्थीका लागि असहज बन्दै बेलायत: कोठा र काम पाउन निकै मुस्किल प्रधानमन्त्री ओलीको चीन भ्रमणको तयारीमा परराष्ट्रमन्त्री राणा चीन प्रस्थान कार्तिक आर्यनको करियरको सबैभन्दा धेरै कमाउने फिल्म ‘भूल भुलैया ३’, अहिलेसम्म कति कमायो? निर्वाचन प्रभावित गर्न खोजेको भन्दै एमाले नेताहरू सवार सरकारी गाडी नियन्त्रणमा स्वामीकार्तिक खापरमा आफ्नो उम्मेदवारले एमालेको समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएपछि माओवादीभित्र विवाद! दक्षिण भारतीय अभिनेता धनुषद्वारा नयनताराविरुद्ध अदालतमा मुद्दा दायर बाराका क्याम्पस प्रमुख कुशवाहाको हत्याका मुख्य आरोपी सात महिनापछि पक्राउ सानो गौचरनमा काठमाडाैं महानगरले स्टेडियम बनाउँदै, उपप्रमुख डंगाेलले गरिन् शिलान्यास विराटनगर किंग्सका निकोलस किर्टन नेपाल आइपुगे आज प्रतितोला ३ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार? उपनिर्वाचन : आज राति १२ बजेदेखि मौन अवधि सुरु हुँदै प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद्को बैठक च्याम्पियन्स लिगमा रियलमाथि लिभरपुलको २-० गोलको सानदार जीत प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ? परराष्ट्रमन्त्री आरजु राणा आज चीन भ्रमणमा जाँदै