१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

२१ लाखसहित हुण्डी कारोबारमा संलग्न पाँचजना बाराबाट पक्राउ

२२ फाल्गुन २०८०, मंगलवार ०७:०३

फागुन २२, बारा | बारा प्रहरीले हुण्डी कारोवारमा संलग्न रहेका पाँच जनालाई एकाईस लाखसहित पक्राउ गरेको छ । 

प्रहरीले गत शुक्रबार र आइतबार गरि दुईपटकमा २१ लाखसहित हुण्डी कारोबारमा संलग्न रहेका पाँच जनालाई पक्राउ गरेको हो ।

प्रहरीले कलैया उपमहानगरपालिका ६ स्थित अस्पताल रोडबाट भारतबाट नेपालमा रकम ओसार पसार गर्ने क्रममा रंजित सर्राफले लुकाएर ल्याउदै गरेको अवस्थामा गत शुक्रबार करिव पाँच लाख सहित पक्राउ गरेको थियो । 

प्रहरीले भारत विहार राज्य मोतिहारी जिल्ला थाना हरपुर पंचायत हरपुर ग्राम नायक बस्ने २९ वर्षीय रंजित सरार्फ सहित कलैया उपमहानगरपालिका-४ स्थितमा मनि चेन्जर संचालकसमेत रहेका कलैया उपमहानगरपालिका ७ बस्ने ३१ वर्षीय कलामुदिन अंसारी र अर्का मनि चेन्जरका संचालक बारा महागढीमाई नगरपालिका १ घर भएका ३९ वर्षीय मेराजुल हक अंसारीलाई पक्राउ गरेको थियो ।


यस्तै प्रहरीले आइतबार पुनः विशेष सूचनाको आधारमा विश्रामपुर गाउँपालिका- १ स्थित छत्वा कलयाणपुर सुलिगेटबा भारतबाट नेपाल तर्फ आउदै गरेको बिआरओसार ३५०९ नम्बरको भारतीय मोटरसाईकलकम सवार भारत राज्य बिहार मोतिहारी जिल्ला ग्राम स्मयपुर बस्ने ४२ वर्षीय कृष्ण लाल प्रसाद र सोही स्थानका ग्राम अरेरा बस्ने ४० वर्षीय रबि शंकर सिंहलाई पक्राउ गरेको थियो  । प्रहरीले उनीहरुबाट सोह्र लाख नौ हजार रूपैयासमेत बरामद गरेको बारा प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुरोश काफ्ले जानकारी दिए । 

पक्राउ परेकाहरुलाई अनुसनधान गर्ने क्रममा उनीहरुबाट कुनै पनि बैंकको इजाजत नभएको पाईएपछि प्रहरीले हुण्डी कारोबार हुन सक्ने भन्दै अनुसनधान गर्दा सुरु गर्‍याे ।

त्यसपछि प्रहरीले गरेको अनुसनधानमा मलेसियामा रहेका नेपालीहरुले मासिक तलब त्यहाँबाट भारत हुदैँ नेपाल भित्रिएको खुल्न आएको बारा प्रहरी प्रमुख प्रहरी उपरीक्षक काफ्ले जानकारी दिए । उनका अनुसार हुण्डी कारोबारबाट पक्राउ परेकाहरुले करैडोको कारबार भएको समेत देखिएको समेत बताएको छ । 

पक्राउ परेकाहरुलाई बैंक तथा वित्तिय संस्था सम्बन्धिको कसूर मुद्दा दर्ता गरी बारा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी थप अनुसनधान कार्य भई रहेको प्रहरीले जानकारी दिएको छ । 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ