2026-06-29 04:33 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

एलन मस्कले गुमाए विश्वकै धनीको उपाधि

फागुन २२, क्यालिफोर्निया । अमेरिकी खर्बपति व्यापारी एलन मस्कले विश्वकै धनी व्यक्तिको उपाधि गुमाएका छन् । अमेरिकी आर्थिक पत्रिका ब्लुम्बर्गको रियल टाइम बिलेनियर्स इन्डेक्सअनुसार अमेरिकी अनलाइन खुद्रा कम्पनी एमाजनका मालिक जेफ बेजोस मस्कलाई उछिनेर विश्वको सबैभन्दा धनी व्यक्ति बनेका छन् ।

मस्कको विद्युतीय कार बनाउने कम्पनी टेस्लाको शेयर मूल्य सोमबारको कारोबारमा एकै दिन ७ दशमलव २ प्रतिशतले घटेपछि मस्कको नेटवर्थ घटेको थियो । सूचकका अनुसार मस्कको नेटवर्थ अहिले १ खर्ब ९७ अर्ब ७० करोड डलर छ । सोमबार एकै दिन मस्कले १७ अर्ब ६० करोड डलर बराबरको नेटवर्थ गुमाएका छन् ।


सूचीको पहिलो स्थानमा रहेका बेजोसको नेटवर्थ भने २ खर्ब डलर रहेको छ । अघिल्लो दिनको कारोबारमा बेजोसको नेटवर्थ ५० करोड डलर घटेको थियो । बेजोस सूचिको शीर्ष स्थानमा उक्लिएको यो सन् २०२१ यता पहिलो पटक हो । कुनै समय बेजोसको तुलनामा मस्कसँग १ खर्ब ४२ अर्ब डलर बढी सम्पत्ति थियो । तर एमाजन र टेस्लाको शेयर विपरित दिशामा दौडिन थालेपछि यो अन्तर साँघुरिँदै गयो ।

सन् २०२२ को अन्त्ययता एमाजनको शेयर दोब्बर भएको छ भने सन् २०२१ को उच्च बिन्दुको तुलनामा अहिले टेस्लाको शेयर मूल्य ५० प्रतिशत घटेको छ । शाङ्हाईमा रहेको कारखानाबाट टेस्लाको ढुवानी घटेर एक वर्षयताकै न्यून स्तरमा झरेको प्रारम्भिक तथ्यांकले देखाएपछि सोमबार टेस्लाको शेयर दबाबमा आएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी