2026-06-27 11:49 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

बर्लिनस्थित टेस्लाको ‘कार प्लान्ट’ मा आक्रमण, उग्र–बामपन्थी समुहले लिए जिम्मेवारी

फागुन २३, बर्लिन | जर्मनीको चरम वामपन्थी समूहले टेस्लाको कार प्लान्टमा आगजनी तथा आक्रमणमा गरेका छन ।

टेस्लाले बर्लिनस्थित कार प्लान्टमा उत्पादन रोकेको छ भने संदिग्ध आगजनी आक्रमणको जिम्मेवारी एक वाम कार्यकर्ता समूहले लिएको जनाइएको छ ।

जर्मनकाे एक अनलाइनले प्रकाशित  गरेकाे एक पत्रमा आफूलाई ‘ज्वालामुखी समूह’ भनिने कार्यकर्ताहरूले उधाेगमा तोडफोड गरेको भन्दै जिम्मेवारी लिएका छन् ।

जर्मनका समाचार संस्थाका अनुसार कार प्लान्ट नजिकै रहेको बिजुलीको खम्बामा आगलागी हुँदा कारखाना र वरपरका शहरहरूमा विद्युत सेवा अवरुद्ध भएको थियो। तर, कार प्लान्ट भवन भने सुरक्षित रहेको जनाइएको छ। सो आक्रमण पछि भएको आगलागी पछि विद्युतीय कार बनाउने कारखानामा नपुगेको तर बिजुलीको तार र उच्च भोल्टेजको तार जलेको टेस्ला, जर्मनले जनाएको छ ।

आफ्नो पत्रमा आक्रमणको जिम्मेवारी लिदैँ ज्वालामुखी समूहले भनेको छ कि, ‘हामीले टेस्लालाई तोडफोड गरेका छौं किनभने यसले स्थानिय स्रोत साधानकाे दुरूपयाेग र मजदुरको श्रम खाएको छ ।’ सो समुहले टेस्लालाई जमिनको ठुलो मात्रामा दूषित पानी मजदुरलाइ पिउन प्रयोग गरेको आरोप लगाएको छ ।

सो आरोप पछि अन्तराष्ट्रिय सञ्चारमाध्यमले जवाफका लागि टेस्लालाइ सम्पर्क गरेका छन । र, राज्य प्रहरीले जिम्मेवारी लिएको पत्रको प्रमाणिकता जाँच गरिरहेका छन भने पानीको शुद्दताका बारेमा पनि अनुसन्धान सुरू गरिएको जर्मनका सञ्चार माध्यमले जनाएका छन ।

‘कानूनको शासनले यस्तो तोडफोडको कार्यलाई अत्यन्त गम्भीरताका साथ प्रतिक्रिया दिनेछ,’ ब्रान्डनबर्ग राज्यका आन्तरिक मन्त्री माइकल स्टुबगेनले मंगलबार बिहान भएको आक्रमणपछि भनेका छन ।

हाल उत्पादन बन्द रहेकाे जनाउँदै सो आगजानी पछि टेस्लाले भनेको छ कि ‘हामी हाल उत्पादन कहिले सुरु गर्ने भन्ने बारेमा अहिल्यै नै भन्न असमर्थ छौं ।’

टेस्लाले आफ्नो बर्लिन प्लान्टको आकार दोब्बर बनाउन चाहन्छ, जुन युरोपमा एक मात्र हो । तर, टेस्लाको सो योजनामा केही वातावरणविद्हरूले आपत्ति जनाएका छन् किनभने यसले नजिकैका रूखहरू काट्ने काम गरिरहेका छन ।

उता, फ्याक्ट्री नजिकैको जंगलमा करिब १०० जनाले क्याम्प बसेर यसको विस्तारको विरोध गर्दै आएका थिए ।

यद्यपि, ती हरित कार्यकर्ताहरूले के भएको छ, त्यसबाट आफूलाई टाढा रहेको जनाएका छन । ‘रोबिन वुड’ भन्ने वातावरण सबन्धी सो संस्थाले सो आगजनीमा आफ्नो हात नरहेको जनाएको छ ।

टेस्ला कारखानाले हाल प्रति वर्ष लगभग ५ लाख कारहरू बनाउँने गरेको छ, अब एलन मस्कको स्वामित्वमा रहेको सो कम्पनीले यसलाई दोब्बर बनाउन चाहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी