2026-10-24 02:23 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

बर्लिनस्थित टेस्लाको ‘कार प्लान्ट’ मा आक्रमण, उग्र–बामपन्थी समुहले लिए जिम्मेवारी

फागुन २३, बर्लिन | जर्मनीको चरम वामपन्थी समूहले टेस्लाको कार प्लान्टमा आगजनी तथा आक्रमणमा गरेका छन ।

टेस्लाले बर्लिनस्थित कार प्लान्टमा उत्पादन रोकेको छ भने संदिग्ध आगजनी आक्रमणको जिम्मेवारी एक वाम कार्यकर्ता समूहले लिएको जनाइएको छ ।

जर्मनकाे एक अनलाइनले प्रकाशित  गरेकाे एक पत्रमा आफूलाई ‘ज्वालामुखी समूह’ भनिने कार्यकर्ताहरूले उधाेगमा तोडफोड गरेको भन्दै जिम्मेवारी लिएका छन् ।

जर्मनका समाचार संस्थाका अनुसार कार प्लान्ट नजिकै रहेको बिजुलीको खम्बामा आगलागी हुँदा कारखाना र वरपरका शहरहरूमा विद्युत सेवा अवरुद्ध भएको थियो। तर, कार प्लान्ट भवन भने सुरक्षित रहेको जनाइएको छ। सो आक्रमण पछि भएको आगलागी पछि विद्युतीय कार बनाउने कारखानामा नपुगेको तर बिजुलीको तार र उच्च भोल्टेजको तार जलेको टेस्ला, जर्मनले जनाएको छ ।

आफ्नो पत्रमा आक्रमणको जिम्मेवारी लिदैँ ज्वालामुखी समूहले भनेको छ कि, ‘हामीले टेस्लालाई तोडफोड गरेका छौं किनभने यसले स्थानिय स्रोत साधानकाे दुरूपयाेग र मजदुरको श्रम खाएको छ ।’ सो समुहले टेस्लालाई जमिनको ठुलो मात्रामा दूषित पानी मजदुरलाइ पिउन प्रयोग गरेको आरोप लगाएको छ ।

सो आरोप पछि अन्तराष्ट्रिय सञ्चारमाध्यमले जवाफका लागि टेस्लालाइ सम्पर्क गरेका छन । र, राज्य प्रहरीले जिम्मेवारी लिएको पत्रको प्रमाणिकता जाँच गरिरहेका छन भने पानीको शुद्दताका बारेमा पनि अनुसन्धान सुरू गरिएको जर्मनका सञ्चार माध्यमले जनाएका छन ।

‘कानूनको शासनले यस्तो तोडफोडको कार्यलाई अत्यन्त गम्भीरताका साथ प्रतिक्रिया दिनेछ,’ ब्रान्डनबर्ग राज्यका आन्तरिक मन्त्री माइकल स्टुबगेनले मंगलबार बिहान भएको आक्रमणपछि भनेका छन ।

हाल उत्पादन बन्द रहेकाे जनाउँदै सो आगजानी पछि टेस्लाले भनेको छ कि ‘हामी हाल उत्पादन कहिले सुरु गर्ने भन्ने बारेमा अहिल्यै नै भन्न असमर्थ छौं ।’

टेस्लाले आफ्नो बर्लिन प्लान्टको आकार दोब्बर बनाउन चाहन्छ, जुन युरोपमा एक मात्र हो । तर, टेस्लाको सो योजनामा केही वातावरणविद्हरूले आपत्ति जनाएका छन् किनभने यसले नजिकैका रूखहरू काट्ने काम गरिरहेका छन ।

उता, फ्याक्ट्री नजिकैको जंगलमा करिब १०० जनाले क्याम्प बसेर यसको विस्तारको विरोध गर्दै आएका थिए ।

यद्यपि, ती हरित कार्यकर्ताहरूले के भएको छ, त्यसबाट आफूलाई टाढा रहेको जनाएका छन । ‘रोबिन वुड’ भन्ने वातावरण सबन्धी सो संस्थाले सो आगजनीमा आफ्नो हात नरहेको जनाएको छ ।

टेस्ला कारखानाले हाल प्रति वर्ष लगभग ५ लाख कारहरू बनाउँने गरेको छ, अब एलन मस्कको स्वामित्वमा रहेको सो कम्पनीले यसलाई दोब्बर बनाउन चाहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने