2026-10-24 02:23 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

अम्बानीको प्रि वेडिङमा नाच्नेको भन्दै वलिउड स्टारको कंगनाले उडाइन खिल्ली

मुम्बइ, २३ फागुन । अनन्त अम्बानी र राधिका मर्चेन्टको प्रि–वेडिङ समारोह निकै भव्य थियो। अम्बानी परिवारको यो घटनाको जताततै चर्चा भइरहेको छ । अनन्त–राधिकाको समारोहमा पूरै बलिउड पुगेका थिए ।

यस पार्टीमा अमिताभ बच्चनदेखि सलमान खान, शाहरुख खानसम्म सबै ठूला नामका स्टार देखिएका थिए । अम्बानीको पार्टीमा धेरै स्टारहरुले पनि परफॉर्म गरेका थिए । तर, कंगना रनौत यो प्रि–वेडिङबाट गायब रहेकी छिन् । अब अभिनेत्रीले अम्बानीको पार्टीमा डान्स गर्ने सेलिब्रेटीको खिल्ली उडाएकी छिन् ।

कंगना रनौतले आफ्नो इन्स्टाग्राम स्टोरीमा एक लेख सेयर गरेकी छिन् । यस लेखमा लेखिएको छ कि कसरी स्वर नाइटिंगेल लता मंगेशकरले एक अन्तर्वार्तामा पैसाको लागि कुनै पनि विवाहमा प्रदर्शन नगर्ने बताएकी थिइन्। यसका लागि कंगनाले उनको तारिफ गर्दै अप्रत्यक्ष रूपमा सेलेब्सको आलोचना गरेकी हुन्  । 

कंगनाले लेखेकी छिन्,  ‘मैले धेरै आर्थिक समस्याबाट गुजरेकी छु । तर लता जी र म मात्र दुई व्यक्ति हौं, जसका गीतहरू धेरै हिट छन्, फेशन का जलवा, घनी बाउली हो गई, लन्डन थुकमाडा, सादी गली, विजय भवः हाम्रो नाम हो। तर मलाई अरू जति प्रलोभन कहिल्यै भएन, मैले बिहेमा कहिल्यै नाचिन ।’

अभिनेत्रीले थप लेखेकी छिन्,  ‘मलाई धेरै सुपरहिट आईट्युन्स गीतहरू पनि अफर आएका थिए । चाँडै मैले अवार्ड शोबाट पनि टाढा भएँ। लोकप्रियता र पैसालाई अस्वीकार गर्न बलियो चरित्र र मर्यादा चाहिन्छ। सर्टकटको संसारमा युवा पुस्ताले इमानदारीबाट मात्र पैसा कमाउन सकिन्छ भन्ने कुरा बुझ्नु पदर्छ।

कगना रनावत सधैं आफ्नो स्पष्ट बयान को लागी परिचित छिन् । यदि कसैलाई उनको स्टाइल मन पर्यो भने धेरैले उनलाई ट्रोल पनि गर्छन् । वर्कफ्रन्टको कुरा गर्ने हो भने कंगना हालै फिल्म ‘तेजस’मा देखिएकी थिइन् । यस चलचित्रमा उनले वायुसेनाका पाइलट ‘तेजस’को भूमिका पनि निभाएकी थिइन । तर, फिल्मले दर्शकबाट राम्रो प्रतिक्रिया पाउन सकेन ।

अब कंगना उनको फिल्म  ‘इमर्जेन्सी’मा देखिने भएकी छिन् । यो फिल्म १४ जुनमा हलमा रिलिज हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने