२०८३, ३ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

सहमतिका लागि दबाबपछि बलात्कार पीडितका पिताले समेत गरे आत्महत्या

२०८०, २४ फाल्गुन बिहीबार ११:५५

फागुन २४, यूपी | केही दिनअघि उत्तर प्रदेशको हमिरपुरमा बस्ने दुई आफन्त पर्ने दिदीबहिनीमाथि कानपुरस्थित इँटा भट्टामा सामूहिक बलात्कारको घटना सार्वजनिक भएको थियो । घटनापछि दुई जनाले आत्महत्या गरेका थिए ।

अहिले दुईमध्ये एक पीडितका बुवाले समेत आत्महत्या गरेका छन् । इँटा भट्टाका मालिकले पीडित परिवारलाई सहमतिका लागि दबाब दिएको आरोप छ । अहिले प्रहरी घटनाको अनुसन्धानमा जुटेका छन् ।

भारतीय मिडियाका अनुसार हमिरपुरको सिलोसर थाना क्षेत्रमा बस्ने एक परिवार कानपुरको घाटमपुरमा बसेर इँटा भट्टामा काम गर्थे । उनीहरूका छोरीहरूको बलात्कार गरेर भिडियोसमेत बनाइएको थियो । घटनापछि दुवैले आत्महत्या गरेका थिए । प्रहरीले घटनामा संलग्न सबै आरोपितलाई पक्राउ गरिसकेको छ ।

घटनापछि इँटा भट्टाको सञ्चालकले परिवारलाई सहमति पत्रमा हस्ताक्षर गर्नका लागि दबाब दिइरहेका थिए । दबाबबिच पिताले पनि आत्महत्याको बाटो रोजेको बताइएको छ । प्रहरीले शवलाई पोस्टमार्टमका लागि पठाएको छ ।

इँटा भट्टाका ठेकेदार रामस्वरुप, रज्जू र सञ्जूले दुई नाबालिगहरूलाई रक्सी खुवाएर बलात्कार गरेका थिए । घटनाको भिडियो बनाएर उनीहरूले ब्ल्याकमेलिङसमेत सुरु गरेका थिए । यसबाट आहत भएर दुई जनाले २९ फेब्रुअरीमा आत्महत्या गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको विवाद सम्बन्धी मुद्दामा बहस सकिएन, सर्वोच्चले राख्यो हेर्दाहेर्दैमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन बालेनले प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरे १२ वटा संसदीय समितिको सभापतिमा मनोनयन दर्ता अरुलाई जे नियम लागू हुन्छ हामीलाई पनि त्यही हुने हो: रवि लामिछाने सरकारी छाप दुरुपयोग गरेको अभियोगमा तीन जना पक्राउ कालीगण्डकी नदीमा बेपत्ता भएका दुई युवक मृतावस्थामा फेला अहिलेको संविधानप्रति सरकार पूर्ण बफादार छ: अर्थमन्त्री वाग्ले नेप्सेमा गिरावट बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार ! सभामुखलाई भेट्न पुगे विपक्षी दल संसदीय समितिका सभापतिका लागि रास्वपाले टुंग्यायो नाम कांग्रेसको संसदीय दलको बैठकमा प्रतिपक्ष दलको बैठक सुरु रास्वपाको संसदीय दलको बैठक सुरु कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार ट्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु पूर्वमन्त्री खड्काको बन्दीप्रत्यक्षीकरणको रिटमाथि आज सुनुवाइ हुँदै सुन-चाँदीको मूल्यमा वृद्धि यूएईले दियो १२८ जना नेपालीलाई आममाफी गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच भेटवार्ता