कृष्ण कँडेल/कात्तिक ५, बुर्तिबाङ । बुर्तिबाङ क्याडमिन्टन क्लवको छैठौँ बर्षिकोत्सवको अवसरमा अयोजना गरिएको दोस्रो पश्चिमाञ्चल क्षेत्र स्तरिय ब्याडमिन्ट प्रतियोगिता"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कृष्ण कँडेल/कात्तिक ५, बुर्तिबाङ । बुर्तिबाङ क्याडमिन्टन क्लवको छैठौँ बर्षिकोत्सवको अवसरमा अयोजना गरिएको दोस्रो पश्चिमाञ्चल क्षेत्र स्तरिय ब्याडमिन्ट प्रतियोगिता"/>
२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

क्षेत्रिय ब्याडमिन्टन प्रतियोगिताको उपाधि वुटवललाई

५ कार्तिक २०७३, शुक्रबार ०२:१३

कृष्ण कँडेल/कात्तिक ५, बुर्तिबाङ । बुर्तिबाङ क्याडमिन्टन क्लवको छैठौँ बर्षिकोत्सवको अवसरमा अयोजना गरिएको दोस्रो पश्चिमाञ्चल क्षेत्र स्तरिय ब्याडमिन्ट प्रतियोगिताको उपाधि बुटवलले जीतेको छ । 

बागलुङको बुर्तिबाङमा भएको प्रतियोगितामा पुरुश युगल र एकाल दुवै तर्फको उपाधि बुटवल ब्याडमिन्टन क्लवले जितेको हो । युगल तर्फ बुटवलले फाईनलमा म्याग्दीको टिमलाई परिजित गरेको थियो । 

बुटवलका गणेश रायमाझिको जोडिले म्याग्दीका सुरेन्द्र हमालको जोडिलाई १५–२१, २१–२० र २२–२० को अन्तरले पराजित गरेको खेलका रेफ्रि उदय आर्यालले जानकारी दिए ।

फाईनलमा पराजित भएको म्यादीका सुरेन्दै हमाल र विजय बानियाँको जोडि द्वितिय भएको छ । दुई टिमलाई तृतिय बनार्ईको प्रतियोगितामा म्याग्दीका सिजन गौचनको जोडि तथा बुर्तिबाङ ब्याडमिन्टन क्लवका सोमबहादुर पौवि यामुको जोडि तृतिय भएको छ ।  प्रतियोगितामा प्रथमले नगद २० हजार रुपैयँ, द्वितियले १० हजार र तृतिय हुने दुवै टिमले समान २ हजार ५ सय रुपैयाँ हात परेका छन् ।  

पुरुश एकाल तर्फको उपाधि पनि बुटवल ब्यडमिन्टन क्लवका गणेश रायमाझिले नै जितेका छन् । रायमाझिले बुर्तिबाङ ब्याडमिन्टन क्लवका दिलेन्द्र पुनलाई २२–२० र २१–१६ को सोझो सेटमा हराउँदै उपाधि जितेका क्लवका संस्थापक अध्यक्ष सोमबहादुर पौवि यामुले जानकारी दिए ।

एकलमा बागलुङका विवेक जीसी र बागलुङकै राजिन खड्का तृतिए भएका छन् । प्रथमले १५ हजार रुपैयाँ, द्वितियले १० हजार र तृतिय हुने दुवै जनाले समान २ हजार रुपैयाँ पाएका छन् ।  

पुरुश युगलको जुनियर तर्फ बुर्तिबाङ ब्याडमिन्टन क्लवका अमर लोप्चन र अजित कुँवरको जोडि विजयि भएको छ । 

अमरको जोडिले बुर्तिबाङ ब्यडमिन्टन क्लवकै अर्को टिमका झक शर्मा र सरोज घर्तीको जोडिलाई २१–१०, २०–२२ र २१–१५ को सेटमा पराजित गरेको हो । फाईनल खेलमा पराजित भएपछि बुर्तिबाङ ब्याडमिन्टन क्लवका झक शर्माको जोडि द्वितिय भएकोे छ । 

जुनियरमा बागलुङ गलकोटका दिलिप श्रेष्ठ र बाबुराम चालिसेको जोडि तथा गुल्मी–बुर्तिबाङ टिमबाट खेलेका नविन श्रेष्ठ र हेमेन्द्र सेरचनको जोडि तृतिय भएको छ । प्रथमले १० हजार, द्वितियले ७ हजार र तृतिय हुने दुवै टिमले समान १ हजार ५० सय रुपैयाँ हात परेका छन् । 

क्षेत्रिय प्रतियोगितामा पुरुश युगल तर्फ २२ समुह, जुनियर तर्फ २१ समुह र एकल तर्फ २० जनाको सहभागिता रहेको थियो । कार्यक्रममा पश्चिमाञ्चल विकाश क्षेत्रका गुल्मी, रुपन्देही, अर्घाखाची, पर्वत, म्याग्दी, कास्की, पाल्पा, बागलुङ लगायतका जिल्लाबाट खेलाडीहरु साहगागी भएका थिए ।  प्रतियोगिता बुर्तिबाङ बजारमा रहेको बवर्ड हलमा सञ्चालन भएको थियो ।

प्रतियोगितामा विजयी खेलाडीलाई सांसद ज्ञानकुमारी छन्त्याल र बुर्तिबाङ नगरविकाश समितिका अध्यक्ष अर्जुन सेरचनले पुरस्कार र प्रमाणपत्र प्रदान गर्नुभएको थियो । कार्यक्रम क्लवका अध्यक्ष ईन्द्र घर्तीको अध्यक्षता र पत्रकार रामनारायण सुवेदीको सञ्चालनमा सम्पन्न भएको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन