२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

तालिम लिएकालाई सिलाई मेसिन निशुल्क

७ माघ २०७२, बिहीबार १४:५९

माघ ७, मकवानपुर । नारी संरक्षण केन्द्र हेटौंडाले प्रदान गरेको ६ महिने शिपमूलक सिलाई कटाई
तालिम लिएका १३ जना महिलालाई सिलाई मेसिन वितरण गरेको छ । तालिम समापनका अवसरमा आज सिलाई मेसीन सहयोग
गरिएको केन्द्रका उपाध्यक्ष दीपा राईले बताउनुभयो ।

सिलाई कटाई
तालिममा मकवानपुरको हेटौंडा उपमहानगर तथा विभिन्न गाउँका विपन्न महिलाहरुको सहभागिता थियो । कार्यक्रममा
कार्यक्रम संयोजक राम मिजार, अमेरिकीन स्वयम्सेवक जेनीफर स्चाउर, संस्थाका लेखापाल प्रतिकला देव लगायतको
आतिथ्यता रहेको थियो । तालिम लिएका दुई जनाका लागि टेलर्स सञ्चालनका लागि ५० प्रतिशत लगानी समेत
गरिदिएको छ । केन्द्रको आयोजनामा आजैबाट ६ महिने सिलाइ कलाई सम्बन्धि अर्को तालिम पनि सुरु गरेको छ ।
तालिममा हेटौंडा तथा मकवानपुरका विभिन्न क्षेत्रका आर्थिक रुपमा विपन्न महिलाहरुको सहभागिता रहेको छ ।
केन्द्रले हालसम्म ८० जना विपन्न महिलाहरुलाई आत्मनिर्भर बनाउनका लागि सिलाइ कटाई तालिम प्रदान गरेको छ

संस्थाले सर्कसबाट फर्किएका, एचआइभी प्रभावित, विपन्न
अवस्थाका महिलाहरुका लागि शिपमुलक तालिम प्रदान गर्दै आइरहेको छ । यस्तै, २५ जना बालबालिकालाई आवाससहित
संरक्षण प्रदान गरिरहेको छ भने २० जना अन्य बालबालिकालाई अध्ययनका लागि सहयोग गरिरहेको केन्द्रका
उपाध्यक्ष राईले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह