फागुन २७, काठमाडौँ | हङकङमा जारी त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको आइतबार जारी घरेलु टोलीविरुद्धको खेलमा नेपालले दोस्रो विकेट लिएको छ ।
हङकङको दोस्रो विकेट गुलसन झाले लिएका हुन् । गुलसनले हङकङका ओपनर ब्याट्सम्यान निजाकत खानलाई २५ रनको व्यक्तिगत स्कोरमा बोल्ड गरेका हुन् ।
पेभेलियन फर्किनुअघि हङकङका कप्तान निजाकतले २० बलमा एक छक्का र तीन चौका हिर्काएका थिए । ७.२ ओभरमा निजाकत आउट हुँदा हङकङले ६१ रन बनाएको छ ।