२०८३, ३ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

जब उडिरहेको प्लेनका पाइलट र को–पाइलट दुवै एउटै समयमा निदाए….

२०८०, २८ फाल्गुन सोमबार ०६:१७

एजेन्सी | इन्डोनेसियाको यातायात मन्त्रालयले बाटिक एयरका दुई पाइलटमाथि छानबिन गर्ने भएको छ । विमान उडिरहेको समयमा दुवै पाइलट निदाएको घटनामा छानबिन गर्न लागिएको भन्दै सरकारी न्युज एजेन्सी अन्तराले एउटा समाचारमा लेखेको छ ।

शनिवार राष्ट्रिय यातायात सुरक्षा समितिले सार्वजनिक गरेको प्रारम्भिक प्रतिवेदनका अनुसार दक्षिण पश्चिम सुलावेसी प्रान्तबाट राजधानी जाकार्तासम्म जनवरी २५ मा भएको एउटा फ्लाइटमा पाइलट र को–पाइलट दुवै एउटै समयमा करिब २८ मिनेटसम्म निदाएका थिए ।


दुवै जना निदाएपछि विमानले बाटो बिराउँदा ‘नेभिगेशन एरर’ भएको थियो । धन्न यस घटनामा विमानभित्र सवार १५३ जना यात्री र चार जना फ्लाइट एटेन्डेन्ट समेत कसैलाई पनि चोट भने लागेन । विमानलाई पनि कुनै क्षति नभएको बताइएको छ । आफ्नो ज्यानलाई आराम नभएको भन्दै सेकेन्ड–इन–कमान्ड पाइलटले को–पाइलटलाई पहिला नै भनेका थिए । उडिरहेको विमानभित्र सेकेन्ड–इन–कमान्ड पाइलट करिब ३० मिनेट निदाए ।

केन्दारीबाट विमान उडेपछि कमान्डमा रहेका पाइलटले पनि आराम गर्न अनुमति मागे र सेकेन्ड–इन–कमान्ड पाइलटले विमानको कमान्ड हातमा लिए । करिब ९० मिनेटपछि सेकेन्ड–इन–कमान्ड पाइलट पनि निदाए । जाकार्ताको एरिया कन्ट्रोल सेन्टरले विमानसँग सम्पर्क गर्न खोज्दा कुनै पाइलटले जवाफ दिएनन् । अन्तिम ट्रान्समिशन रेकर्ड भएको २८ मिनेटपछि बल्ल कमान्डमा रहेका पाइलट ब्युँझिए अनि विमान गलत बाटोमा गइरहेको महसुस गरे ।

त्यसपछि उनले को–पाइलटलाई पनि उठाएर र एसीसीसँग कुरा गरे । रिपोर्टमा पाइलटहरूको नाम खुलाइएको छैन । पाइलटहरू दुवै इन्डोनेसियन नागरिक भएको बताइएको छ । एक जनाको उमेर ३२ र अर्को पाइलटको उमेर २८ वर्ष भएको बताइएको छ । सेकेन्ड–इन–कमान्ड पाइलटका एक महिनाका जुम्ल्याहा बच्चा छन् ।

राति बच्चाको स्याहारका लागि बारम्बार उठ्नुपर्ने भएकोले पनि उनी राम्ररी निदाउन पाएका थिएनन् । यस घटनाबारे छानबिन गरिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको विवाद सम्बन्धी मुद्दामा बहस सकिएन, सर्वोच्चले राख्यो हेर्दाहेर्दैमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन बालेनले प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरे १२ वटा संसदीय समितिको सभापतिमा मनोनयन दर्ता अरुलाई जे नियम लागू हुन्छ हामीलाई पनि त्यही हुने हो: रवि लामिछाने सरकारी छाप दुरुपयोग गरेको अभियोगमा तीन जना पक्राउ कालीगण्डकी नदीमा बेपत्ता भएका दुई युवक मृतावस्थामा फेला अहिलेको संविधानप्रति सरकार पूर्ण बफादार छ: अर्थमन्त्री वाग्ले नेप्सेमा गिरावट बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार ! सभामुखलाई भेट्न पुगे विपक्षी दल संसदीय समितिका सभापतिका लागि रास्वपाले टुंग्यायो नाम कांग्रेसको संसदीय दलको बैठकमा प्रतिपक्ष दलको बैठक सुरु रास्वपाको संसदीय दलको बैठक सुरु कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार ट्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु पूर्वमन्त्री खड्काको बन्दीप्रत्यक्षीकरणको रिटमाथि आज सुनुवाइ हुँदै सुन-चाँदीको मूल्यमा वृद्धि यूएईले दियो १२८ जना नेपालीलाई आममाफी गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच भेटवार्ता