2026-06-29 04:31 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

‘ह्याण्ड पम्प’बाट मदिरा निस्कियो, प्रहरी नै चकित

फागुन २८, काठमाडौँ | भारतको उत्तर प्रदेशको झाँसीस्थित एउटा गाउँमा ‘ह्याण्ड पम्प’बाट मदिरा निस्किएको घटना सार्वजनिक भएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार अवैध मदिरा बिक्री वितरणको सूचना पाएको प्रहरी टोली अनुसन्धानका लागि गाउँमा खटिएको थियो । प्रहरीले कहीँ अवैध मदिरा फेला पार्न सकेन । झण्डै रित्तो हात फर्किएको प्रहरी टोलीले नजिकै रहेको ‘ह्याण्ड पम्प’ चलाउँदा पानीको साटो मदिरा निस्किएको थियो । ‘ह्याण्ड पम्प’बाट मदिरा निस्किएपछि केहीबेर प्रहरी नै चकित परेको थियो ।


‘ह्याण्ड पम्प’ गाडिएको ठाउँमा उत्खनन् गर्दा प्रहरीले अवैध मदिराका ड्रम फेला पारेको थियो, जसलाई ‘ह्याण्ड पम्प’मा जोडेर मदिरा निकाल्ने गरिएको थियो ।

प्रहरीले उक्त स्थानबाट ६ सय लिटर अवैध मदिरा बरामद गरेको जनाइएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार अनुसन्धानमा खटिएको प्रहरी टोलीले स्थानीय दुई महिलालाई गिरफ्तार गरी कारबाही प्रक्रिया अघि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी