१३ मंसिर २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

त्रिकोणात्मक टी-२० सिरिज: हङकङलाई हराउदै पीएनजी फाइनलमा, उपाधिका नेपाल र पिएनजी भिड्ने

२९ फाल्गुन २०८०, मंगलवार ०९:०६

फागुन २९, काठमाडौं | हङकङमा जारी त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको उपाधिका लागि नेपाल र पपुवा न्यु गिनी (पीएनजी) बिच भिडन्त हुनेछ । नेपाल र पीएनजीबिचको फाइनल खेल बुधबार विहान ११ः४५ बजे सुरु हुनेछ । त्यसअघि बुधबार विहान हङकङ र हङकङको ‘ए’ टोलीबिच तेस्रो स्थानका लागि खेल हुनेछ । 

मंगलबार खेलिएको दोस्रो खेलमा आयोजक हङकङमाथि १० विकेटको सजिलो जित हात पार्दै पीएनजी शृंखलाको फाइनलमा पुगेको हो । टस जिती पहिले ब्याटिङको निणर्य लिएको हङकङले १८.३ ओभरमा अलआउट हुनुअघि एक सय २१ रन बनाएको थियो । 

जवाफी ब्याटिङमा ओर्लिएको पीएनजीले भने १२.४ ओभरमै कुनै पनि विकेट नगुमाई एक सय २४ रन बनाउँदै विजयलक्ष्य पार गर्‍यो । पीएनजीलाई दुवै ओपनरले नै जितसम्म डोर्‍याएका थिए । पीएनजीका दुवै ओपनरले अर्धशतक बनाए । 


टोनी उराले टोलीका लागि अविजित ५१ रनको योगदान गरे । उनले केवल ३३ बलमा दुई छक्का र पाँच चौका पनि हिर्काए । अर्का ओपनर सेसे बउले अविजित ६१ रन बनाए । उनले ४३ बलको सामना गरी एक छक्का र ६ चौका हिर्काए । पीएनजीले अतिरिक्त रुपमा १२ रन पायो । 

पहिले ब्याटिङ गरेको हङकङका लागि जिसन अलीले अविजित ५५ रन बनाएका थिए । आक्रामक रुपमा प्रस्तुत भएका उनले केवल २९ बलको सामना गरी ६ छक्का र एक चौका पनि हिर्काएका थिए । नसरुल्ला राणाले १६ रन बनाए । एहसान खानले १६ रन जोडे । 

अनुभवी ब्याट्सम्यान बाबर हायात भने १२ रन बनाउँदै आउट भए । हङकङका माथिल्ला तीन ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । पीएनजीका बलर काबुआ मोरिया, एली नाओ, अनाग्रेस भाला र सेसे बउले दुई-दुई विकेट लिएका थिए । 

त्यसअघि मंगलबार नै खेलिएको पहिलो खेलमा नेपालले पीएनजीलाई ८५ रनले हराएको थियो । टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ९८ रन बनाएको थियो । 

जवाफी ब्याटिङमा ओर्लिएको पीएनजीले भने १६.१ ओभरमा अलआउट हुनुअघि एक सय १३ रनमात्र बनाउन सकेको थियो । नेपाली टोलीको जितमा कुशल भुर्तेलले ब्याटिङ र बलिङ दुबैमा उत्कृष्ट प्रदर्शन गरेका थिए । 

ओपनर ब्याट्सम्यान कुशल भुर्तेलले अर्धशतक (५९ रन) बनाए भने चार विकेट पनि लिएका थिए । कुशल भुर्तेल टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा एक हजार रन पुरा गर्ने ब्याट्सम्यान पनि बनेका छन् । २७ वर्षीय कुशलले हालसम्म ३६ टी–२० अन्तर्राष्ट्रिय खेल्दै एक शतक र आठ अर्धशतकको मद्दतले कुल एक हजार आठ रन बनाएका छन् ।

पीएनजीविरुद्धको खेलमा नेपालका अर्का ब्याट्सम्यान सन्दीप जोराले पनि अर्धशतक बनाएका थिए । उनी ५६ रन बनाउँदै आउट भएका थिए । २२ वर्षीय सन्दीपले टी-२० अन्तर्राष्ट्रियमा बनाएको यो दोस्रो अर्धशतक हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौं आइपुगे कमेडियन सुनील ग्रोवर रवि लामिछानेलाई काठमाडौं ल्याइँदै, एयरपोर्टमा जम्मा हुन रास्वपाको आग्रह ब्युटी फिल्टरको प्रयोगमा प्रतिबन्ध लगाउँदै टिकटक, किन? कमेडी सिरियल ‘गजब छ बा’ शनिबारदेखि प्रसारणमा आउँदै उत्तर प्रदेशमा कार दुर्घटनाः गुगल म्याप र निर्माण विभागमाथि मुद्दा, घटनाबारे के भन्छ गुगल? नेपाली विद्यार्थीका लागि असहज बन्दै बेलायत: कोठा र काम पाउन निकै मुस्किल प्रधानमन्त्री ओलीको चीन भ्रमणको तयारीमा परराष्ट्रमन्त्री राणा चीन प्रस्थान कार्तिक आर्यनको करियरको सबैभन्दा धेरै कमाउने फिल्म ‘भूल भुलैया ३’, अहिलेसम्म कति कमायो? निर्वाचन प्रभावित गर्न खोजेको भन्दै एमाले नेताहरू सवार सरकारी गाडी नियन्त्रणमा स्वामीकार्तिक खापरमा आफ्नो उम्मेदवारले एमालेको समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएपछि माओवादीभित्र विवाद! दक्षिण भारतीय अभिनेता धनुषद्वारा नयनताराविरुद्ध अदालतमा मुद्दा दायर बाराका क्याम्पस प्रमुख कुशवाहाको हत्याका मुख्य आरोपी सात महिनापछि पक्राउ सानो गौचरनमा काठमाडाैं महानगरले स्टेडियम बनाउँदै, उपप्रमुख डंगाेलले गरिन् शिलान्यास विराटनगर किंग्सका निकोलस किर्टन नेपाल आइपुगे आज प्रतितोला ३ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार? उपनिर्वाचन : आज राति १२ बजेदेखि मौन अवधि सुरु हुँदै प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद्को बैठक च्याम्पियन्स लिगमा रियलमाथि लिभरपुलको २-० गोलको सानदार जीत प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?