2026-06-13

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

अब इजरायलले मेनपावरमार्फत पनि नेपाली कामदार लैजाने

फागुन २९, काठमाडौं | अब मेनपावर व्यवसायीमार्फत समेत नेपाली श्रमिकहरू इजरायल जान पाउने भएका छन् । इजरायलका कृषि, निर्माण, उत्पादनमूलक क्षेत्र लगायतमा मेनपावर व्यवसायीले नेपाली कामदार पठाउन पाउने भएका हुन् । त्यसका लागि प्रक्रिया अगाडि बढेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जानकारी दिएको छ ।

कामदारको अभाव देखिएपछि इजरायले नेपालबाट १० हजार भन्दा बढी कामदार लैजाने प्रस्ताव पटक पटक गर्दै आएको थियो । सोही आधारमा पहिलो चरणमा ५ हजार भन्दा बढी नेपाली कामदार लैजान लागेको हो । त्यसका लागि मेनपावर व्यवसायीमार्फत डिमान्ड पठाउनेछ । र वैदेशिक रोजगार विभागले श्रम स्वीकृति दिनेछ ।


इजरालयमा यसअघी जी–टु–जी मार्फत (सरकार–सरकार) मात्रै नेपाली कामदार जाने गरेका थिए ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता राजीव पोखरेलले मेनपावर व्यवसायी (बी–टु–बी) मार्फत कामदार पठाउन खुला गरिएको बताएका हुन् । वैदेशिक रोजगार ऐन, वैदेशिक रोजगार नियमावली अनुसार नै व्यवसायीहरूले इजरायलमा कामदार पठाउन पाउने प्रवक्ता पोखरेलको भनाइ छ ।

‘जि टु जी मार्फत कामदार पठाउन सरकारको प्रक्रिया निकै लामो हुन्छ । हामीलाई तत्कालै विभिन्न क्षेत्रमा कामदार चाहिएको छ । मेनपावर व्यवसायीमार्फत कामदार लैजाने बाटो खुला गरिगरिदिनुपर्‍यो भनेर इजरायलले पटक पटक अनुरोध आएको थियो । सोही आधारमा व्यवसायीलाई खुला गरिदिएका हौँ,’ प्रवक्ता पोखरेलले भने ।

व्यवसायीका लागि खुला गरिएसँगै कृषि क्षेत्रमा २०० जनाको डिमान्ड आइसकेको छ । संघका अध्यक्ष राजेन्द्र भण्डारीले २०० जना कामदारका लागि डिमान्ड आइसकेको र वैदेशिक रोजगार विभागबाट पूर्व स्वीकृति समेत दिइसकेको बताए । मन्त्रालयले डिमान्ड आएपछि मात्रै खुला गरिने बताएको थियो । सोही आधारमा व्यवसायीहरूले डिमान्ड ल्याएपछि कामदार पठाउन खुला गरिएको हो । 

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव मेघनाथ भुर्तेलले सरकारले  केयरगिभर बाहेक अन्य क्षेत्रमा कामदार पठाउन बाटो खुला गरिदिएको बताए । नेपालबाट इजरायलले १० हजार जना लैजाने प्रस्ताव गरेको थियो । जसमा पहिलो चरणमा ५ देखि ६ हजारको हाराहारीमा कामदार पठाउने गरी व्यवसायीहरूले तयारी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक विमानस्थलबाट अवैध विदेशी मुद्रासहित दुई जना बंगलादेशी नागरिक पक्राउ मुलुक निर्माणका लागि कहिलेकाहीँ अप्रिय निर्णय पनि गर्नुपर्छ: अर्थमन्त्री वाग्ले बालेन्द्र शाहजस्तो व्यक्ति प्रधानमन्त्री हुनु नेपाली नागरिकका लागि ठुलो दुर्भाग्य हो : सुवेदी ८.१४ अंकले घट्यो नेप्से परिसूचक मिनी ट्रक दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु स्रोत नखुलेको ठूलो परिमाणको नगदसहित एक युवक पक्राउ करको दर थाहा नभई त्यो गाडीहरु कसरी आयो ? : सांसद शाही संसद्का सबै नियम परिपलाना गरेर बैठक चलाउनुपर्छ : हर्कराज राई सुनचाँदीको मूल्य घट्यो यदि कसैलाई नियतमा शङ्का छ भने छानबिन समिति बनाएर अध्ययन गर्दा हुन्छ: अर्थमन्त्री वाग्ले