असोज ५ पर्वत ।
 पर्वत जिल्ला अस्पतालमा उपचार सेवा ब्यवस्थित गराउन यहाँका स्थानीयबासीले अस्पतालका प्रमुखलाई सुझाव दिएका छन् ।  अस्पतालमा डाक्टरहरु विचमै असमझदारी हुँदा विरामीहरुले सास्ती बेहोर्नु परेको गुनासो आएपछि उनिहरुले ब्यवस्थित र समझदारीमा विरामीहरुको उपचा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज ५ पर्वत ।
 पर्वत जिल्ला अस्पतालमा उपचार सेवा ब्यवस्थित गराउन यहाँका स्थानीयबासीले अस्पतालका प्रमुखलाई सुझाव दिएका छन् ।  अस्पतालमा डाक्टरहरु विचमै असमझदारी हुँदा विरामीहरुले सास्ती बेहोर्नु परेको गुनासो आएपछि उनिहरुले ब्यवस्थित र समझदारीमा विरामीहरुको उपचा"/>
६ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

कुन औषधि दिने भन्ने विषयमा डाक्टरहरु विच विवाद सेवाग्राही अस्पताल छाडेर पोखारा पुगे

५ कार्तिक २०७३, शुक्रबार ०४:४४

असोज ५ पर्वत ।
 पर्वत जिल्ला अस्पतालमा उपचार सेवा ब्यवस्थित गराउन यहाँका स्थानीयबासीले अस्पतालका प्रमुखलाई सुझाव दिएका छन् ।  अस्पतालमा डाक्टरहरु विचमै असमझदारी हुँदा विरामीहरुले सास्ती बेहोर्नु परेको गुनासो आएपछि उनिहरुले ब्यवस्थित र समझदारीमा विरामीहरुको उपचार गर्नुपर्ने बताएका हुन् । जिल्ला अस्पतालमा उपचारार्थ रहेका विरामीलाई एक डाक्टरले दिएको औषधी तत्काल अर्को डाक्टरले परिवर्तन गरिदिएको भन्दै विरामीका आफन्तले गुनासो गरेपछि मिडियाकर्मी, सिसेफ नेपाल संस्थाका महिला समुह लगायतले विहिवार अस्पताल पुगी डाक्टरहरुलाई सुझाव दिएका हुन् । आजको सहारान्यूजमा खबर छ ।
     शनिवार देखी ५ दिन सम्म टाइफाइड इुटिआई सम्वन्धी विरामी भएका १० वर्षिय दिवस सापकोटालाई भर्ना गरेर राखिएपनि उनलाई निको नहुनुको कारण अस्पतालको कमजोरी रहेको उनका आफन्तले जनाएका छन् । विरामी सापकोटाको आमा गौरी सापकोटाका अनुसार डा. सारोजले चलाइरहेको औषधीलाई प्रमुख डा. फणिन्द्रप्रसाद बरालले चलाउन नदिएका कारण विरामी निको नभएर उनलाई पोखरा उपचारार्थका लागि लगिएको आरोप लगाइन् ।उनले भनिन् ‘आफुले अस्पतालमा छोरालाई कुरेर बस्दा डाक्टरहरु विचमा औषधी कुन चलाउने भन्नेमा विवाद भएकै   कारण छोराको उपचार राम्रो हुन सकेन, त्यसकारण अस्पतालको विस्वास नलागेर पोखरामा उपचारको लागि लगिएको हो ।’ उनले भनिन ।
     यसको विषयमा अस्पतालका प्रमुख डा. फण्न्द्रिप्रसाद बरालसँग छलफल गर्दा विवाद नभएको बताए । उनले डा. सरोजले विरामीलाई चलाउँदै आएको औषधी ब्रुुफिनको सट्टा सिटामोल मात्र फेरीएको र अरु मुख्य औषधीहरु कुनै पनि परिवर्तन नगरिएको जवाफ दिएका थिए ।      यसैगरी साझा स्वास्थ्य सेवा औषधी विक्रीकक्षले समेत औषधीमा छुट दिने भनेर सेवा संचालन गरेको भनिएपनि औषधीमा छुट नदिएको पाइएपछि ५ प्रतिशत छुटमा औषधी पाउनुपर्ने सर्वसाधारणले बताएका थिए । सो औषधी विक्री कक्षले चिनेको ब्यक्ति या मान्छे हेरेर मात्र छुट दिने गरेको गुनासो आएको थियो ।
    कुनै समय सिफीक्सीमको ठाउँमा सिफोडोक्सीम औषधी समेत दिइएको बाहिर आएको थियो । यता औषधी कक्षका कृष्ण दाहालले ५ प्रतिशत सम्म छुट दिन सकिने बताएका छन् । अर्कोतिर जिल्ला अस्पतालमा रहेको अस्पताल विकास समिति मार्फत संचालन भएको ल्याब परिक्षणमा समेत मुल्य वृद्धि भएको छ ।
     यसरी भएको मुल्य वृद्धिले ल्याब टेस्ट गर्ने सर्वसाधारण विरामीहरु मर्कामा परेका छन् । विहिवार अस्पताल पुगेका स्थानीय तथा सिसेफ नेपालका पुर्व अध्यक्ष टकं लामिछानेले अस्पतालमा राम्रो काम हुँदा सम्मान गरिने र नराम्रो भएमा खबरदारी गर्न सबै एकजुट हुने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
‘ग्रे लिस्ट’बाट बाहिर निस्किन भएका प्रगतिबारे प्रधानमन्त्रीको चासो नेपाललाई डिजिटल मार्गमा अगाडि बढाउने गरी काम गरिरहेका छौँ: मन्त्री खरेल सिंहदरबार धाइरहेका सहिदका बुबा भन्नुहुन्छः छोराको बलिदान खेर नजाओस् नेकपालाई बहुमत दिनुस्, जनअपेक्षा पूरा गर्छौँ ः सहसंयोजक नेपाल युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी निर्वाचनमा होमिने जनता र राजनीतिक दलको चाहना छः संयोजक दाहाल मुलुकलाई राजनीतिक निकास दिन एमाले अझ क्रियाशील हुने अपेक्षा रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु रवि लामिछानेले देश निर्माणका लागि जुनसुकै त्याग गर्न तयार रहेको बताए मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान समयमा काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता तोडिन्छः मन्त्री घिसिङ पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा पूर्वराष्ट्रपति भण्डारीद्वारा एमाले नेतृत्वलाई बधाइ जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो गरोस् राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति