५ कात्तिक,  भोर्ले,पर्वत ।
नेष्डो सुचना विभाग÷पर्वत जिल्लाको भोर्ले गाविस वडा नम्बर २ निवासी शैक्षिक सामाजिक एवंम धार्मिक व्यक्तित्व स्वर्गीय विष्णुशरण भुषालको १३ औँ पूण्यतिथिमा विहिवार एक श्रद्धाञ्जली सभा आयोजना गरिएको छ । स्वर्गीय भुषालको ९६ वर्षको उमेरमा आफ्नै न"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ५ कात्तिक,  भोर्ले,पर्वत ।
नेष्डो सुचना विभाग÷पर्वत जिल्लाको भोर्ले गाविस वडा नम्बर २ निवासी शैक्षिक सामाजिक एवंम धार्मिक व्यक्तित्व स्वर्गीय विष्णुशरण भुषालको १३ औँ पूण्यतिथिमा विहिवार एक श्रद्धाञ्जली सभा आयोजना गरिएको छ । स्वर्गीय भुषालको ९६ वर्षको उमेरमा आफ्नै न"/>
2026-09-19 11:23 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

धार्मिक व्यक्तित्वको निधनमा पर्वतको भोर्लेमा श्रद्धाञ्जली सभा सम्पन्न

५ कात्तिक,  भोर्ले,पर्वत ।
नेष्डो सुचना विभाग÷पर्वत जिल्लाको भोर्ले गाविस वडा नम्बर २ निवासी शैक्षिक सामाजिक एवंम धार्मिक व्यक्तित्व स्वर्गीय विष्णुशरण भुषालको १३ औँ पूण्यतिथिमा विहिवार एक श्रद्धाञ्जली सभा आयोजना गरिएको छ । स्वर्गीय भुषालको ९६ वर्षको उमेरमा आफ्नै निवास भोर्लेमा गत आश्विन २२ गतेका दिन निधन भएको थियो ।

सनातन धर्म परिषद पर्वतका अध्यक्ष एवंम केन्द्रिय पार्षद स्वर्गीय भुषाल नेपाली काग्रेस पर्वतका जिल्ला सदस्य एवंम पूर्व क्षेत्रिय अध्यक्ष तोयानाथ भुषालका बुबा हुनुहुन्थ्यो । उहाँले स्थानिय तहमा आधा दर्जन विद्यालय स्थापना,सेतीवेणी धार्मिक धामको विकास,लगायत स्थानिय तहमा विभिन्न धार्मिक एवंम विकास गतिविधिमा सक्रिय हुनुहुन्थ्यो । श्रद्धाञ्जली सभामा बोल्दै प्रमुख अतिथि सांसद अर्जुन प्रसाद जोशीले स्वर्गीय भुषालको विकासप्रेमी सोच धार्मिक आस्था सवैका लागि प्रेरणादायी रहेको बताउदै भावि पुस्ताले उहाँका रचनात्मक कार्यको अनुशरण गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा नेपाली काग्रेस पर्वतका सभापति खिमप्रसाद भुषालले स्वर्गीय भुषाल उच्च विचार सरल व्यवहार र सेवाका धनि रहेको बताउनुभयो । कार्यक्रममा नेपाली काग्रेस पर्वतका सचिव विश्व प्रकाश प्रसाईले राष्ट्रियता,लोकतन्त्र र समाजवाद प्रति बफादार स्वर्गीय भुषालको समाजवादी धार्मिक व्याख्या र विचार सवैका लागि अनुशरणयोग्य रहेको बताउँदै नेपाली काग्रेस धार्मिक स्वतन्त्रताविच पर्यावाची सम्बन्ध रहेको बताउनुभयो ।

कार्यक्रममा महासमिति सदस्य खगेन्द्र तिवारी,गंगाधर तिवारी,जिल्ला सदस्य युक्त श्रेष्ठ,नेकपा एमालेका जिल्ला सदस्य रेशमलाल न्यौपाने,तरुणदल पर्वतका जिल्ला अध्यक्ष राज मल्ल तोरण”अखिल नेपाल शिक्षक संगठनका केन्द्रिय सदस्य रेशमलाल सापकोटा,पुर्व कर्मचारी समाज नेपालका केन्द्रिय सदस्य देवि प्रसाद बिलासी,प्रजातान्त्रिक सेनानी संघका केन्द्रिय प्रतिनिधि थानेश्वर तिवारी लगायतले शोक मन्तव्य राख्नुभएको थियो ।

स्वर्गीय भुषालका सुपुत्र तोयानाथ भुषालले जिवनी प्रस्तुत गर्नुभएको शोक सभा क्षेत्रिय अध्यक्ष धन बहादुर थापाको अध्यक्षता,सचिव सुमन तिवारीको सञ्चालन एवंम भोर्ले गाउँ कार्य समितिका उपाध्यक्ष हर्क बहादुर सेनको धन्दवाद मन्तव्यमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो