१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

एन्फा उपाध्यक्षसहित १० जना अनावश्यक व्यक्ति मलेसिया भ्रमणमा गएपछि कारबाही गर्न निर्देशन

३० फाल्गुन २०८०, बुधबार ११:५७

फागुन ३०, काठमाडौँ | मलेसियासँगको मैत्रीपूर्ण खेल खेल्न जाने नेपाली राष्ट्रिय फुटबल टिमको साथमा एन्फाका दश जना सदस्य पनि गएपछि खेलकुद मन्त्रालयले कारबाही गर्न निर्देशन दिएको छ।

आज मलेसिया गएको नेपाली टिमको साथमा एन्फाका उपाध्यक्षसहित १० जना सदस्य अफिसियल बनेर गएका थिए। 


एन्फाका उपाध्यक्ष दीपक खतिवडा टोली प्रमुख बनेर मलेसिया गएका छन्। यस्तै एन्फाका केन्द्रीय सदस्य महेन्द्र क्षेत्री (अफिसियल), सिइओ इन्द्रमान तुलाधर (अफिसियल), जिल्ला सदस्यहरू भरत घिमिरे (अफिसियल), बुद्धिबहादुर गुरुङ (अफिसियल), सुनील लोप्चन (अफिसियल), जयकृष्ण श्रेष्ठ (अफिसियल), प्रवीण श्रेष्ठ (अफिसियल), सुविनकुमार श्रेष्ठ (अफिसियल) पनि मलेसिया गएका छन्। यस्तै ज्ञानबहादुर राईलाई किट व्यवस्थापक बनाएर मलेसिया पठाइएको छ। 

‘अखिल नेपाल फुटबल संघबाट सहभागी हुनको लागि खेलमा संलग्न समूह बाहेक १० जना अनावश्यक व्यक्तिहरु समेत सहभागीका रुपमा जान लागेको र दशरथ रंगशालामा गैर फुटबल गतिविधि संचालनको लागि एन्फाले राष्ट्रिय खेलकुद परिषदमा पत्राचार गरेको भनि विभिन्न मिडियाबाट प्रेसित समाचार प्रति यस मन्त्रालयको ध्यानाकर्षण भएको छ,’ अनावश्यक व्यक्ति मलेसिया गएपछि खेलकुद मन्त्रालयलका प्रवक्ता शिवप्रसाद रेग्मीले भनेका छन्।

राष्ट्रिय खेलकुद विकास ऐनअनुसार राष्ट्रिय खेलकुद परिषद्‌को स्वीकृति लिई अन्तर्राष्ट्रियस्तरमा हुने खेलकुद प्रतियोगितामा सहभागी हुनुपर्ने कानूनी व्यवस्था रहेको छ।  तर दश जनाका लगि स्वीकृति नलिएको जानकारी प्राप्त भएको खेलकुद मन्त्रालयको भनाइ छ।

‘कानून बमोजिम कारवाही गरी सो को जानकारी गराउन राष्ट्रिय खेलकुद परिषद्‌लाई निर्देशन दिइएको साथै कानून बमोजिम राष्ट्रिय खेलकुद परिषदको स्वीकृति पश्चात् मात्र खेल संघका पदाधिकारीहरुलाई अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता, तालिम, गोष्ठी, सेमिनार वा सम्मेलन भाग लिन वैदेशिक प्रस्थान अनुमति प्रदान गर्न व्यवस्थाको लागि गृह मन्त्रालयमा अनुरोध गरिएको छ,’ रेग्मीले बुधबार निकालेको विज्ञप्तिमा उल्लेख छ। 

नेपालले चैत २ मा मलेसियाविरुद्ध मैत्रीपूर्ण खेल्नेछ। त्यहाँ केही दिन तयारी गरेपछि नेपाली टिम चैत ८ र १३ गते बहराइनसँग खेल्न बहराइनमा जानेछ। यी दुई खेल विश्वकप छनोटका खेल हुन्। दशरथ रंगशालाको मैदान खराब भएपछि नेपालले होम म्याच समेत बहराइनमा खेल्न लागेको हो। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ