2026-08-22 11:29 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

आईसीसी टी-२० वरियता: रोहित शर्मालाई पछि पार्दै रोहित पौडेल ४९औँ स्थानमा

फागुन ३० काठमाडौँ | अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सार्वजनिक गरेको टी-२० वरियतामा नेपालका कप्तान रोहित पौडेलले ६ स्थान सुधार गरेका छन् । रोहितले ब्याटिङतर्फ ६ स्थान सुधार गर्दै ४९औँ स्थानमा उग्लिएका हुन् । यसअघि उनी ५५औँ स्थानमा थिए ।

रोहितले वरियतामा भारतीय क्रिकेट टिमका कप्तान रोहित शर्मालाई पछि पारेका छन् । रोहित शर्मा ५१औँ स्थानमा छन् । भारतीय ब्याटर विराट कोहली भने रोहित पौडेलभन्दा एक स्थानमा माथि छन् ।

ब्याटिङतर्फ दीपेन्द्रसिंह ऐरीको वरियता भने ६ स्थान खस्किएको छ । यसअघि ७०औँ स्थानमा रहेका दीपेन्द्र अहिले ७६औँ स्थानमा छन् । उनी हङकङमा भएको टी-२० सिरिजमा सहभागी भएका थिएनन् ।

अलराउन्डरतर्फ भने दीपेन्द्रले ५ स्थान सुधार गरेका छन् । उनी अहिले २२औँ स्थानमा उग्लिएका छन् । यसअघि दीपेन्द्र २७औँ स्थानमा थिए । अलराउन्डरतर्फ नेपालकै कुशल मल्ल ३ स्थान सुधार गर्दै ३२औँ स्थानमा उग्लिएका छन् ।

गुल्सन झा ६ स्थान सुधार गर्दै ६६औँ स्थानमा उग्लिदा कप्तान रोहित पौडेल १८ स्थान सुधार गर्दै ७५औँ स्थानमा छन् । करण केसी ८०औँ स्थानमा छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा २ जना पक्राउ रास्वपाको नीति–कार्यक्रम माथिल्लो वर्गको हितमा मात्रै छ : झलनाथ खनाल विश्वप्रकाश शर्माको अपिल: अदालत होइन, पार्टी कार्यालयमै बसेर कांग्रेसको विवाद समाधान गरौँ सामाजिक सञ्जालमा अनेकौँ पेज सञ्चालन गर्दैमा पार्टी बलियो बन्दैन : दीपक खड्का म्याग्दीबाट मुस्ताङतर्फ अघि बढे प्रधानमन्त्री बालेन गरिमा चौधरीलाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन यो सरकार पाँच वर्ष कुनै हालतमा जाँदैन : केपी ओली पहिरो खसेपछि पासाङल्हामु सडक पूर्ण रूपमा अवरुद्ध अनुदानको मल कालोबजारी गरेको आरोपमा तीन जना पक्राउ गरिमाको हत्यामा गृहमन्त्रीको स्पष्ट सन्देश: ‘दोषी उम्कनु हुँदैन, निर्दोष फस्नु हुँदैन’ मतदाता नामावली अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध राष्ट्रियसभाबाट ‘नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक’सर्वसम्मतिले स्वीकृत रास्वपामा तीन पदाधिकारीसहित ४२ केन्द्रीय सदस्य अर्को बैठकबाट मनोनीत हुने साताको अन्तिम दिन घट्यो नेप्से शंखमुलको होस्टलमा कुटपिटपछि २२ वर्षीय युवकको मृत्यु गरिमालाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन प्रधानमन्त्री शाह काठमाडौँबाट पोखरातर्फ प्रस्थान राजनीतिक मुद्दाको समाधान केवल राजनीतिक संवादबाट मात्र सम्भव छ: प्रदीप पौडेल जाजरकोटमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते सुनको मूल्य एकैदिन तोलामा ३ हजार ३०० रुपैयाँले बढ्यो