2026-06-29 04:28 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

एम्बाप्पेको विकल्पमा रासफोर्डलाई भित्र्याउने प्रयास गर्दै पीएसजी

चैत १, काठमाडौँ | पेरिस सेन्ट-जर्मेन (PSG) ले किलियन एमबाप्पेको सम्भावित प्रतिस्थापनको रूपमा म्यानचेस्टर युनाइटेडका फरवार्ड मार्कस रासफोर्डलाई भित्र्याउने प्रयास जारी राखेको छ । फ्रेन्च क्लबले राफफोर्डलाई भित्र्याउन ८ करोड पाउन्डको अफर पेस गर्ने तयारी गरेको डेली स्टारले समाचार प्रकाशित गरेको हो ।


रासफोर्डले गत सिजनमात्र युनाइेडसँग पाँच वर्षको नयाँ करार गरेका थिए । नयाँ करार अनुसार उनी ओल्ड ट्राफोर्डमा सन् २०२७ सम्म रहनेछन् । तर,  रासफोर्डले आगामी सिजन क्लब छाड्न सक्ने चर्चा चलिरहेको छ । यो सिजन उनी लयमा देखिएका छैनन् भने प्रशिक्षक एरिक टेन हागसँग पनि उनको सम्बन्ध राम्रो देखिएको छैन ।

विवादबारे धेरै चर्चा भएपछि गत महिना रासफोर्डले एक विज्ञप्ति जारी गर्दै आफू युनाइटेडसँग प्रतिबद्ध रहेको बताएका थिए । उनले आफ्नो आलोचकहरूलाई जवाफ दिँदै आफू युनाइटेडबाट नै खेल्न चाहेको स्पष्ट पारेका थिए ।

तर, पीएजसी भने रासफोर्डलाई जसरी पनि भित्र्याउन चाहिरहेको छ । अध्यक्ष नासेर अल खेलाफीले पनि २६ वर्षीय फरवार्डलाई किलियान एम्बाप्पेको विकल्पको रूपमा हेरेका थिए । एम्बाप्पे आगामी सिजन पीएसजी छाडेर रियल जाँदैछन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी