2026-07-24 09:51 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

हाडे ओखरको बिरुवा दाँते भएपछि…

चैत २, डोटी | कृषि ज्ञान केन्द्र डोटीले जिल्लामा पहिलोपटक परीक्षणस्वरुप ओखरमा ‘टप ओर्किङ’ गरेको छ । हाडे ओखरलाई दाँतेमा परिणत गर्न यो प्रविधि अपनाइन्छ  । हाडे ओखरको बोटको माथिल्लो भाग काटेर यसको बोक्रामा दाँते ओखरको सानो हाँगा जोडिने जनाइएको छ  । बिरुवाको पालुवा पलाउनुभन्दा अगाडि यस्तो कार्य गरिसक्नुपर्ने कृषि प्राविधिकले जनाएका छन् ।

दाँते भनी लगाएका ओखर हाडे निस्किएको जनाउँदै किसानले गुनासो गर्न थालेपछि केन्द्रले ‘टप ओर्किङ’ गर्न सुरुआत गरेको कृषि ज्ञान केन्द्र डोटीका निमित्त कार्यालय प्रमुख गङ्गादत्त अवस्थीले जानकारी दिए। 

उनले परीक्षण स्वरुप ५०  टप ओर्किङ गरिएको निमित्त प्रमुख अवस्थीले बताए । सुक्खा फलफूल विकास केन्द्र सतबाँझ बैतडीमा कार्यरत प्राविधिक हरिस पाण्डेको सहयोगमा ओखरमा टप ओर्किङ गरिएको हो । दिपायल सिलगढी नगरपालिका सहित आदर्श र सायल गाउँपालिकामा टप ओर्किङ कार्य गरिएको ज्ञान केन्द्रले जनाएको छ । सो कार्य सफल भएमा ज्ञान केन्द्रले आफ्नो वार्षिक कार्यक्रममा  समेटी जिल्लामा यो कार्य विस्तार गरिने कार्यालय प्रमुख अवस्थीले बताए । 

यसरी टप ओर्किङ गरिएको सफल भएमा दुई हप्तासम्ममा जोडिएको हाँगामा पालुवा पलाउने पाण्डेको भनाइ छ । यस्तो कार्य गर्न ओखरको बिरुवाको मोटाइ दुई हातले समात्न मिल्ने हुनुपर्छ । धेरै मोटाइ भएको ओखरमा यो कार्य गर्न सम्भव हुँदैन । नब्बे एमएम सम्म मोटाइ भएको ओखरमा टप ओर्किङ गर्न सकिने कृषि प्राविधिक बताउँछन् । टप ओर्किङ परीक्षण कार्य सफल भएमा किसान लाभान्वित हुने छन् । यस्तो कार्य बैतडी, मुस्ताङलगायतका जिल्लामा सफल भएको पाइएको छ । 

नेपालमा ओखरको खेती समुद्री सतहबाट ९०० मिटरदेखि तीन हजार ५०० मिटरसम्म गर्न सकिन्छ । बिजु ओखरको बिरुवाले पाँचदेखि छ वर्षबाट उत्पादन दिन सुरु गर्दछ भने कलमीले एक–दुई वर्षमै फल दिन सुरु गर्छ । प्रतिकेजी ६०० देखि ७०० पर्ने ओखरको बोटले सामान्यतया ५०–६० वर्षसम्म फल दिन्छ । लगाएपछि धेरै मिहिनेत गर्नु नपर्ने र बजार मूल्य राम्रो भएका कारण पनि ओखर खेतीप्रति किसानको आकर्षण बढ्दो छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक