४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

नेपाली क्रिकेट खेलाडीलाई हङकङबाट ५ लाख सहयोग

२ चैत्र २०८०, शुक्रबार ०७:११

चैत २, काठमाडौँ । नेपाली क्रिकेट खेलाडीको हौसला बढाउन हङकङबाट ५ लाख रुपैयाँ सहयोग गरिएको छ।

टी–२० त्रिकोणात्मक सिरिज खेल्न हङकङ पुगेको नेपाली क्रिकेट टोलीलाई सम्मान गर्दै आगामी खेलहरूमा हौसला बढाउन त्यहाँको नेपाली समुदायले आर्थिक सहयोग गरेको हो।

गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङद्धारा आयोजित कार्यक्रममा नोभा बिजनेश सोलुसनको संयोजनमा आर्थिक संकलन गरिएको थियो। हङकङमा व्यवासाय गर्दै आएका नेपालीहरूले  उक्त रकम सहयोग गरेका हुन्।

आउँदो जुनमा टी–२० विश्वकपमा सहभागी हुने नेपाली क्रिकेट खेलाडीहरूको हौसलास्वरूप सम्मानसहित ५ लाख आर्थिक सहयोग प्रदान गरिएको एनआरएनए हङकङका अध्यक्ष गोकर्ण प्रसाद ढकालले जानकारी दिए।

टी २० विश्वकप–२०२४ क्रिकेट प्रतियोगितामा छनोट भएकोमा बधाई ज्ञापन गर्दै खेलाडीसहित क्यानका पदाधिकारीलाई सम्मान गरिएको थियो।\

अध्यक्ष ढकालले विदेशमा रहेका ७० लाखभन्दा बढी नेपालीको मन क्रिकेटमा रहेको बताउँदै नेपाली क्रिकेटको विकासमा विदेशबाट पनि सहयोग गर्नुपर्नेमा जोड दिए।

‘विदेशमा धेरै नेपाली संघ–संस्था छन्। क्रिकेटप्रेमीहरू धेरै हुनुहुन्छ। नेपाली क्रिकेटको विकासका लागि सबैले हातेमाले गर्नुपर्ने बेला आएको छ। खेलाडीको मनोबल बढाउनुपर्छ,’ उनले भने।

खेलाडीको सम्मान कार्यक्रममा हङकङस्थित नेपाली महावहाज्यिदूत उदयबहादुर रानालगायत अन्य नेपाली संघ–संस्थाका प्रमुख तथा प्रतिनिधिको सहभागिता थियो।


 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ