१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सूचना प्रबिधि

टिकटक र फेसबुकलाइ पछि पार्दै इन्स्ट्राग्राम बन्यो विश्वको नम्बर १ एप

२ चैत्र २०८०, शुक्रबार ०७:२१

चैत २, काठमाडौँ |  विश्वको नम्बर १ एपको सन्दर्भमा, मानिसहरू प्रायः फेसबुक वा टिकटक पहिलो स्थानमा होला भन्ने सोच्छन्, तर त्यस्तो होइन। 

अब इन्स्टाग्रामले यी दुवै एपलाई उछिनेर पहिलो नम्बरमा पुगेको छ । खासमा, केही देशहरूमा टिकटक प्रतिबन्धित हुँदा इन्स्टाग्रामलाई फाइदा भएको हो। यस बाहेक टिकटक पछि पर्नुमा अन्य केही कारणहरू छन्।


सेन्सर टावरको रिपोर्ट अनुसार विश्वमा इन्स्टाग्रामको डाउनलोड २० प्रतिशतले बढेको छ । सन् २०२३ मा इन्स्टाग्राम एप ७६ करोड ७० लाख पटक डाउनलोड भएको थियो, जुन अघिल्लो वर्ष अर्थात २०२२ को तुलनामा २० प्रतिशत बढी हो। टिकटकको बारेमा कुरा गर्दा यो ७३.३ करोड पटक डाउनलोड गरिएको थियो। यो चिनियाँ एप भारतमा प्रतिबन्धित छ भने अमेरिकामा प्रतिबन्ध लगाउने तयारी भइरहेको छ ।

इन्स्टाग्रामको लोकप्रियता २०२० बाट बढेको छ किनकि रिल्स यसै वर्ष लन्च गरिएको थियो। मानिसहरूको भिडियोको क्रेज पछि मात्र इन्स्टाग्राम रिल्स लन्च गरिएको हो । इन्स्टाग्राम रिल्स एक सुविधा हो, जसमा प्रयोगकर्ताहरूले छोटो क्लिपहरू सिर्जना गरेर यस प्लेटफर्ममा भिडियोहरू साझेदारी गर्न सक्छन्।

इन्स्टाग्रामको रिल्स फिचर युवा पुस्तामा सबैभन्दा लोकप्रिय छ। युवायुवतीले विभिन्न विषयमा भिडियो बनाएर इन्स्टाग्राममा सेयर गर्ने गरेका छन् । यो इन्स्टाग्राम एपको बढ्दो लोकप्रियताको प्रमुख कारण भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन ।

डाउनलोडको मामिलामा इन्स्टाग्राम विश्वको नम्बर १ एप बन्न सक्छ तर समय बिताउने हिसाबले टिकटक अझै अगाडि छ। गत वर्षको तथ्याङ्कले देखाउँछ कि प्रयोगकर्ताहरूले टिकटकमा औसत ९५ मिनेट खर्च गरेका थिए जबकि इन्स्टाग्राममा यो समय ६२ मिनेट थियो। यस बाहेक प्रयोगकर्ताहरूले ट्विटरमा ३० मिनेट र स्न्यापच्याटमा १९ मिनेट बिताएको तथ्यांकले देखाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु