१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सूचना प्रबिधि

ओपन-एआई बिरूद्द मुद्दा हालेकाे भन्दै मस्कलाइ पठाएका थिए अल्टम्यानले ‘घटिया म्यासेज’

४ चैत्र २०८०, आईतवार ०७:१६

चैत ४,  न्युयोर्क | एलन मस्कले मुद्दा दायर गरे पछि च्याप जिटीका सीईओ सैम अल्टम्यानको प्रतिक्रिया आएको छ । 

एलन मस्कले ओपन एआई र यसको प्रमुख कार्यकारी अधिकारी विरुद्ध मुद्दा दायर गरेको दुई हप्ता पछि अल्टम्यानको प्रतिक्रिया आएको हो । एक अन्तर्वार्तामा ओल्टम्यानले भने कि यस बारे थाहा पाए लगत्तै उनले टेस्लाका सीईओलाई एउटा टेक्स्ट पठाएका थिए । 


ओल्टम्यानले प्राविधिक पत्रकार कारा स्विसरसँगको अन्तर्वार्तामार्फत यो खुलासा गरेका हुन । सो क्रममा अल्टम्यानले मस्कका लागि ‘केही नराम्रो’ लेखेको बताएका छन् । केरेनले सोधे कि, ‘तपाईंले डब्लुटिएफ जस्तो केही लेख्नुभएको छ ?’

जवाफमा  सामले भने, ‘यो त्यो भन्दा अलि राम्रो थियो। मलाई याद छैन। तर तिमीले शब्दको आत्मा बुझ्न सक्छौ भनेको थिएँ।’ पछि इमोजी मार्फत मात्रै दुईबीच केही कुराकानी भएको उनले बताए । 

एलन मस्कले ओपनएआई र कम्पनीका सीईओ साम अल्टम्यान लगायत कम्पनीका अन्य विरुद्ध करार सम्झौता उल्लङ्घन गरेको आरोपमा मुद्दा दायर गरेका थिए।

साम अल्टम्यानले पछि भने, ‘उनी बुझ्छन् कि एलोन मस्क साँच्चै एआई सुरक्षाको बारेमा चिन्तित छन् तर म पुरानो एलन सम्झन्छु। म उहाँसँग निरपेक्ष नायकको रूपमा हुर्केको छु।’

ओपनएआईका सह संस्थापक ग्रेग ब्रोकम्यानसँग ओपन सोर्स, गैर–लाभकारी कम्पनी खोल्ने बारे ओल्टम्यानले मस्कसँग सम्पर्क गरेका थिए तर मस्कले अहिले मुद्दा लगाएको बताए। यो कम्पनीले मानिसको फाइदाको लागि आर्टिफिसियल इन्टेलिजेन्स प्रविधि विकास गर्छ। तर, कम्पनीले अहिले नाफा कमाउनेमा मात्र ध्यान दिएको छ ।

सीईओको बयान अघि कम्पनी (ओपन–एआई) ले आरोप अस्वीकार गर्दै एक विज्ञप्ति जारी गर्‍यो र भन्यो, ‘हामीलाई दुःख लागेको छ कि हामीले धेरै प्रशंसा गरेका व्यक्तिसँग यो अवस्था आएको छ, जसले हामीलाई उच्च लक्ष्यमा पुग्न मद्दत गर्‍यो।, 

‘त्यसपछि भने जब हामीले ओपन एआईको मिशनतर्फ अर्थपूर्ण प्रगति गर्न थाल्यौं तब हामीलाई असफल बनाउनका लागि हामी माथी मुद्दा हाल्ने काम भएको छ ।’

 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु