२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सूचना प्रबिधि

ओपन-एआई बिरूद्द मुद्दा हालेकाे भन्दै मस्कलाइ पठाएका थिए अल्टम्यानले ‘घटिया म्यासेज’

२०८०, ४ चैत्र आईतवार ०७:१६

चैत ४,  न्युयोर्क | एलन मस्कले मुद्दा दायर गरे पछि च्याप जिटीका सीईओ सैम अल्टम्यानको प्रतिक्रिया आएको छ । 

एलन मस्कले ओपन एआई र यसको प्रमुख कार्यकारी अधिकारी विरुद्ध मुद्दा दायर गरेको दुई हप्ता पछि अल्टम्यानको प्रतिक्रिया आएको हो । एक अन्तर्वार्तामा ओल्टम्यानले भने कि यस बारे थाहा पाए लगत्तै उनले टेस्लाका सीईओलाई एउटा टेक्स्ट पठाएका थिए । 


ओल्टम्यानले प्राविधिक पत्रकार कारा स्विसरसँगको अन्तर्वार्तामार्फत यो खुलासा गरेका हुन । सो क्रममा अल्टम्यानले मस्कका लागि ‘केही नराम्रो’ लेखेको बताएका छन् । केरेनले सोधे कि, ‘तपाईंले डब्लुटिएफ जस्तो केही लेख्नुभएको छ ?’

जवाफमा  सामले भने, ‘यो त्यो भन्दा अलि राम्रो थियो। मलाई याद छैन। तर तिमीले शब्दको आत्मा बुझ्न सक्छौ भनेको थिएँ।’ पछि इमोजी मार्फत मात्रै दुईबीच केही कुराकानी भएको उनले बताए । 

एलन मस्कले ओपनएआई र कम्पनीका सीईओ साम अल्टम्यान लगायत कम्पनीका अन्य विरुद्ध करार सम्झौता उल्लङ्घन गरेको आरोपमा मुद्दा दायर गरेका थिए।

साम अल्टम्यानले पछि भने, ‘उनी बुझ्छन् कि एलोन मस्क साँच्चै एआई सुरक्षाको बारेमा चिन्तित छन् तर म पुरानो एलन सम्झन्छु। म उहाँसँग निरपेक्ष नायकको रूपमा हुर्केको छु।’

ओपनएआईका सह संस्थापक ग्रेग ब्रोकम्यानसँग ओपन सोर्स, गैर–लाभकारी कम्पनी खोल्ने बारे ओल्टम्यानले मस्कसँग सम्पर्क गरेका थिए तर मस्कले अहिले मुद्दा लगाएको बताए। यो कम्पनीले मानिसको फाइदाको लागि आर्टिफिसियल इन्टेलिजेन्स प्रविधि विकास गर्छ। तर, कम्पनीले अहिले नाफा कमाउनेमा मात्र ध्यान दिएको छ ।

सीईओको बयान अघि कम्पनी (ओपन–एआई) ले आरोप अस्वीकार गर्दै एक विज्ञप्ति जारी गर्‍यो र भन्यो, ‘हामीलाई दुःख लागेको छ कि हामीले धेरै प्रशंसा गरेका व्यक्तिसँग यो अवस्था आएको छ, जसले हामीलाई उच्च लक्ष्यमा पुग्न मद्दत गर्‍यो।, 

‘त्यसपछि भने जब हामीले ओपन एआईको मिशनतर्फ अर्थपूर्ण प्रगति गर्न थाल्यौं तब हामीलाई असफल बनाउनका लागि हामी माथी मुद्दा हाल्ने काम भएको छ ।’

 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा