2026-10-24 02:33 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

पाकिस्तानी भूमिमा २० वर्षपछि त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृंखला

चैत ४, काठमाडौँ | पाकिस्तानमा २० वर्षपछि तीन राष्ट्र सम्मिलित त्रिकोणात्मक अन्तर्राष्ट्रिय क्रिकेट शृंखला आयोजना हुने भएको छ । पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) का अनुसार, त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला खेल्न न्युजिल्यान्ड र दक्षिण अफ्रिकाले पाकिस्तान भ्रमण गर्न लागेका हुन् ।

पीसीबीका अनुसार, हालै दुबईमा सम्पन्न अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को बैठकले पनि उक्त शृंखलालाई अगाडि बढाउने संकेत दिएको छ । सन् २००९ मा पाकिस्तान भ्रमणमा रहेको श्रीलंकाली क्रिकेट टोलीमाथि लाहोरमा आतंककारी हमला भएको थियो ।

त्यो आतंककारी हमलापछि लामो समयसम्म कुनै पनि टोलीले पाकिस्तानको भ्रमण गरेका थिएनन् । त्यसपछि सन् २०२० मा आएर मात्र फेरि पाकिस्तानी भूमिमा अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना भएको थियो । तर, त्यसपछि पनि त्रिकोणात्मक एकदिवसीय शृंखला भने खेलिएको थिएन ।

सन् २०११ मा आईसीसी एकदिवसीय विश्वकपका केही खेल पाकिस्तानमा पनि खेलाउने निर्णय गरिएको थियो । तर, श्रीलंकाली टोलीमाथि आतंककारी हमला भएपछि विश्वकपका कुनै पनि खेल पाकिस्तानमा खेलाइएको थिएन ।

पछिल्लो पटक सन् २००४ मा पाकिस्तानमा त्रिकोणात्मक शृंखला खेलिएको थियो । त्यतिबेला त्रिकोणात्मक शृंखलामा श्रीलंका र जिम्बाबे सहभागी थिए । पाकिस्तानमै आयोजना हुने भनिएको आईसीसी च्याम्पियन्स ट्रफीअघि देशभित्र अन्तर्राष्ट्रिय क्रिकेटको वातावरण बनाउने उद्देश्यले त्रिकोणात्मक शृंखला खेलाउन लागिएको पीसीबीका अध्यक्ष मोहसिन नकवीले जनाएका छन् ।

आगामी च्याम्पियन्स ट्रफी सन् २०२५ मा पाकिस्तानमै आयोजना हुँदैछ । सन् १९९६ को आईसीसी विश्वकपपछि पाकिस्तानी भूमिमा खेलाउने लागिएको यो सबैभन्दा ठूलो प्रतियोगिता हो । तर, आठ राष्ट्र सम्मिलित आईसीसी च्याम्पियन्स ट्रफी खेल्न भारतले आफ्नो टोली पाकिस्तान पठाउने विषयमा भने अझै अन्यौल नै रहेको छ ।

त्रिकोणात्मक एकदिवसीय शृंखलाको खेल तालिका भने सार्वजनिक गरिएको छैन । त्रिकोणात्मक एकदिवसीय शृंखलाअघि आईसीसी टी–२० विश्वकपका लागि अभ्यास खेल खेल्न न्युजिल्यान्डले पाकिस्तानको भ्रमण गर्ने कार्यक्रम रहेको छ । यसक्रममा पाकिस्तान र न्युजिल्यान्डबिच पाँचवटा टी–२० खेल खेलिने छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने