१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

विराटनगरमा नर्स हत्या: झुण्डिएको अवस्थामा नर्सका प्रेमी पनि मृत भेटिए

५ चैत्र २०८०, सोमबार ०७:२९

चैत ५, काठमाडौँ | विराटनगर महानगरपालिका-४ मा हत्या गरिएको अवस्थामा भेटिएकी २३ वर्षीया चन्द्रिकाकुमारी दासको प्रेमी शिवशंकर दास पनि मृत भेटिएका छन् ।

नोबेल मेडिकल कलेजमा कार्यरत नर्स चन्द्रिका कुमारीको शव शुक्रबार दिउँसो उनी बसेकै कोठाको बाथरुममा भेटिएको थियो । आइतबार राति उनका प्रेमी २२ वर्षीय शिवशंकर दास पनि मृत भेटिएका प्रहरीले जनाएको छ ।

नर्सको हत्या गरेको कोठा नजिकै रहेको होटल फाइनको कोठा नम्बर १०२ मा झुण्डिएको अवस्थामा शिवशंकर दासको शव भेटिएको मोरङ प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक रञ्जनकुमार दाहालले जानकारी दिए ।

सिराहको फुल्काहकट्टी नगरपालिका घर भएकी नर्स दास नोबेल मेडिकल कलेजमा कार्यरत थिइन् । उनी विराटनगर-४ बुढाथोकी मार्गस्थित डाक्टर धीरेन्द्र गिरीको घरमा केही महिनाअघि मात्रै डेरा सरेकी थिइन् । दासको घाँटी, अनुहारलगायत शरीरका विभिन्न भागमा धारिलो हतियारले काटिएको अवस्थामा शव भेटिएको थियो ।

चन्द्रिका कुमारीका प्रेमी शिवशंकर वैदेशिक रोजगारीका लागि मलेसियामा थिए । उनी २६ फागुनमा काठमाडौं आएका थिए । काठमाडौंबाट उनी सिराहास्थित घर भने गएनन् । सीधै विराटनगरमा आए । २९ फागुनमा विराटनगर आएका उनी केही दिन चन्द्रिकाको कोठामा बसे । त्यहाँ चन्द्रिका र शिवशंकरबीच विवाद पनि भएको थियो ।

बिहीबार दिउँसो शिवशंकरले चन्द्रिकाको हत्या गरे । चन्द्रिकाको शव बाथरुममा राखेर फोटो खिचे । त्यसपछि आफ्नो सुटकेश लिएर निस्किए । कोठाबाट निस्किंदा उनले कोठाको चाबी छेउको अर्को कोठामा बस्ने चन्द्रिकाको साथीलाई दिएका थिए । उनको फोन नम्बर पनि लिए । चाबी दिंदै गर्दा उनले चन्द्रिका भारतको जोगबनी गएको बताएका थिए । तर, उनी बेलुकासम्म आइनन् । साथीले अन्त कतै गएकी होलिन् भन्ने सोचे ।

शुक्रबार दिउँसो चन्द्रिकाको साथीको ह्वाट्सएप नम्बरमा नयाँ नम्बरबाट चन्द्रिकाको हत्या गरिदिएको भन्दै रगतले लतपतिएको फोटो आयो । दासका साथीले घरबेटीलाई खबर गरे । घरबेटीले प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीका अनुसार हृवाटसपमा म्यासेज गर्ने नम्बरमा अमिन धानुक नाम लेखिएको थियो । धानुक पनि मृतकका प्रेमी हुन् । धानुकको नाम देखिएपछि प्रहरी अनुसन्धान उतैतिर डाइभर्ट भयो । तर, सो नम्बर धानुकसँग रहेको देखिएन । विदेशबाट फर्किएका शिवशंकरको नाममा सिम देखियो । सो नम्बर उनले हृवाटसप खोल्दा अमिन धानुक नाम लेखेको प्रहरीले बताएको छ । घटना डाइभर्ट गर्न अर्कै व्यक्तिको नाम लेखेको देखिएको डिएसपी दाहालले बताए ।

मोबाइल अफ भएको नम्बर पछ्याउँदै प्रहरीले घटना अनुसन्धान गरिरहेको थियो । ‘बेला-बेला अन हुने नम्बर हिजो दिउँसो कञ्चनबारी आसपास देखियो, त्यसपछि प्रहरी टोलीले होटलहरुमा सर्च गर्‍यो,’ डिएसपी दाहालले भने, ‘राति फाइन होटलमा झुण्डिएको अवस्थामा शव भेटियो ।’

प्रहरी नायव उपरीक्षक दाहालका अनुसार शिवशंकर र चन्द्रिकाबीच केही वर्ष अघिदेखि प्रेम सम्बन्ध देखिन्छ । तर, शिवशंकरले चन्द्रिकाले धोका दिएको भन्दै हत्या गरेको देखिएको प्रहरीको भनाइ छ ।

डिएसपी दाहालका अनुसार आइतबार दिउँसो शिवशंकरले घरमा पनि सम्पर्क गरेका थिए । फोनमा उनले फ्रस्टेसन भएको बताएका थिए । उनले आत्महत्या गरेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

शव भेटिएको होटलमा शिवशंकर आइतबार दिउँसो पुगेका थिए । त्यसअघि कहाँ बसे भन्ने नखुलेको डिएसपी दाहालले बताए । ‘चन्द्रिकाको हत्यापछि सुटकेश लिएर निस्किएका उनी कहाँ-कहाँ बसे भन्ने खुलेको छैन । शव भेटिएको होटलमा दिउँसो मात्रै पुगेका थिए,’ डिएसपी दाहालले भने, ‘परिवारका सदस्यलाई पनि फोन गरेपछि बेलुका सुसाइड गरेको हुनसक्छ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु