२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

उपचार गराउन आएकी महिलालाई दुर्व्यवहार गरेको आरोपमा एक जना डाक्टर पक्राउ

२०८०, ५ चैत्र सोमबार ११:५०

चैत ५, विराटनगर । सुनसरीको इटहरीमा उपचार गराउन आएकी महिलालाई दुर्व्यवहार गरेको आरोपमा एक जना डाक्टर पक्राउ परेका छन् ।

निजी क्लिनिकमा उपचार गराउन आएकी महिलालाई दुर्व्यवहार गरेको जाहेरीको आधारमा नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले इटहरी- ९ मा क्लिनिक सञ्चालन गर्दै आएका डा. रामसागर मेहतालाई किटानी जाहेरी परेपछि नियन्त्रणमा लिइएको बताए ।

महिलामाथि आइतबार साँझ क्लिनिकमा दुर्व्यवहार गरिएको महिलाले जाहेरीमा उल्लेख गरेकी छन् ।

ईसीजी गराउने क्रममा मिसबिहेभ भएको भन्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । डा. मेहता बाल रोग विशेषज्ञ हुन ।

महिलामाथि दुर्व्यवहार गरिएको भए पनि प्रहरीले भने अभद्र व्यवहारमा मुद्दा दर्ता गरेको छ । प्रहरीले डा. मेहतालाई म्याद थपका लागि जिल्ला अदालत सुनसरीमा लगेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको इटहरी प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा