२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

प्रहरी नियन्त्रणबाट छुटे लगत्तै एक युवकले गरे बुबाको हत्या

२०८०, ७ चैत्र बुधबार १२:१२

चैत ७, सप्तरी | सप्तरीको सप्तकोशी नगरपालिका–३ नयाँवस्ती (मुसहरी टोल) का २२ वर्षीय लालदेव सदाले बञ्चरो प्रहार गरी आफ्नै बुबा ४५ वर्षीय हिराइ सदाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 

दुईजना छिमेकीलाई कुटपिट गरी टाउको फुटाएको आरोपमा इलाका प्रहरी कार्यालय कञ्चनरुपको हिरासतमा रहेका लालदेव मंगलबार मात्रै छुटेर घर आएका थिए । स्थानीय जनप्रतिनिधिका अनुसार करिब २४ घण्टा प्रहरी नियन्त्रणमा रहेर छुटेका उनले थुनामा बस्नु परेको रिसमा बुबाको हत्या गरेको जनाइएको छ । 


बुबा हिराइ र ठूलोबुबा ५५ वर्षीय दशन सदाले सम्झाउन खोज्दा आवेशमा आएका लालदेवले आक्रमण गरेको छिमेकीहरूले जनाएको वडा सदस्य रमेश थापाले जानकारी दिए । बुबालाई बञ्चरोले प्रहार गरेपछि उनले ठूलो बुबा दशन सदालाई पनि आक्रमण गरेका थिए।

दशनको टाउको तथा शरीरका अन्य विभिन्न भागमा चोट लागेको छ । प्रहरीका अनुसार घाँटीमा बञ्चरो प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको छ भने घाइते दशनको सप्तकोशी नगरपालिकाको फतेपुरस्थित स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

हत्या आरोपमा लालदेवलाई प्रहरीले बञ्चरोसहित पक्राउ गरेर थप अनुसन्धान सुरू गरेको जनाएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा