१३ मंसिर २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

आजदेखि आईपीएल सुरु, पहिलो खेल चेन्नई र बैंगलुरुबीच हुने

९ चैत्र २०८०, शुक्रबार ०३:५२

चैत ९, काठमाडौँ | इन्डियन प्रिमियर लिग (आईपीएल) को १७ औँ संस्करण आजदेखि सुरु हुँदैछ। प्रतियोगितामा १० वटा टोलीको सहभागिता रहेको छ। आज हुने पहिलो खेलमा साविक विजेता चेन्नई सुपर किङ्ग्स र रोयल च्यालेन्चजर्स बैङ्गलोरबीच हुनेछ।

चेन्नई र बैङ्गलोरबीचको खेल चेन्नईस्थित एमए चिदम्बरम् स्टेडियममा नेपाली समय अनुसार राति ८:१५ बजेबाट सुरु हुनेछ। यसपटक चेन्नई भने महेन्द्रसिंह धोनीको कप्तानी बिनै मैदान उत्रदै छ। चेन्नईको कप्तानी गर्दै पाँच पटक उपाधि दिलाएका धोनीले यस सिजनमा भने कप्तानी नगर्ने भएका छन्। उनको स्थानमा चेन्नईको नयाँ कप्तानमा ऋतुराज गायक्वाडलाई नियुक्त गरिएको छ।

प्रतियोगिताको १७औँ संस्करणमा चेन्नई सुपर किङ्स, दिल्ली क्यापिटल्स, गुजरात टाइटन्स, कोलकाता नाइट राइडर्स, लखनउ सुपर जाइन्ट्स, मुम्बई इन्डियन्स, पञ्जाब किङ्स, राजस्थान रोयल्स, रोयल च्यालेन्जर्स बैंगलुरु र सनराइजर्स हैदराबादको सहभागिता रहनेछ।  

आईपीएलले पहिलो चरणमा १८ दिनको खेल तालिका मात्रै सार्वजनिक गरेको छ। भारतमा हुने आगामी लोकसभा निर्वाचनलाई ध्यानमा राखेर आईपीएलले अप्रिल ७ सम्म हुने खेलको तालिका मात्रै सार्वजनिक गरेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अन्तशुल्क स्टिकर खरिदमा घोटला : विकल पौडेललाई ८ वर्ष कैदको फैसला काठमाडौं आइपुगे कमेडियन सुनील ग्रोवर रवि लामिछानेलाई काठमाडौं ल्याइँदै, एयरपोर्टमा जम्मा हुन रास्वपाको आग्रह ब्युटी फिल्टरको प्रयोगमा प्रतिबन्ध लगाउँदै टिकटक, किन? कमेडी सिरियल ‘गजब छ बा’ शनिबारदेखि प्रसारणमा आउँदै उत्तर प्रदेशमा कार दुर्घटनाः गुगल म्याप र निर्माण विभागमाथि मुद्दा, घटनाबारे के भन्छ गुगल? नेपाली विद्यार्थीका लागि असहज बन्दै बेलायत: कोठा र काम पाउन निकै मुस्किल प्रधानमन्त्री ओलीको चीन भ्रमणको तयारीमा परराष्ट्रमन्त्री राणा चीन प्रस्थान कार्तिक आर्यनको करियरको सबैभन्दा धेरै कमाउने फिल्म ‘भूल भुलैया ३’, अहिलेसम्म कति कमायो? निर्वाचन प्रभावित गर्न खोजेको भन्दै एमाले नेताहरू सवार सरकारी गाडी नियन्त्रणमा स्वामीकार्तिक खापरमा आफ्नो उम्मेदवारले एमालेको समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएपछि माओवादीभित्र विवाद! दक्षिण भारतीय अभिनेता धनुषद्वारा नयनताराविरुद्ध अदालतमा मुद्दा दायर बाराका क्याम्पस प्रमुख कुशवाहाको हत्याका मुख्य आरोपी सात महिनापछि पक्राउ सानो गौचरनमा काठमाडाैं महानगरले स्टेडियम बनाउँदै, उपप्रमुख डंगाेलले गरिन् शिलान्यास विराटनगर किंग्सका निकोलस किर्टन नेपाल आइपुगे आज प्रतितोला ३ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार? उपनिर्वाचन : आज राति १२ बजेदेखि मौन अवधि सुरु हुँदै प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद्को बैठक च्याम्पियन्स लिगमा रियलमाथि लिभरपुलको २-० गोलको सानदार जीत प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट