2026-08-22 09:17 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

आईपीएलमा नयाँ नियम: अब बलरले प्रत्येक ओभरमा दुईवटा ‘बाउन्सर’ फाल्न पाउने, डीआरएस’ को ठाउँमा ‘एसआरएस

चैत ९, काठमाडौँ | आजदेखि इन्डियन प्रिमियर लिग (आईपीएल) को १७औँ संस्करण सुरु हुँदैछ । यसपटक पनि आईपीएलमा १० वटा टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको उद्घाटन खेल साविक विजेता चेन्नई सुपर किङ्स र रोयल च्यालेन्जर्स बैंगलोरबिच खेलिने छ ।

यसपटक आईपीएलमा केही नियममा पनि परिवर्तन गरिएको छ । क्रिकेटको टी–२० अन्तर्राष्ट्रिय प्रतियोगितामा कुनै पनि बलरले एक ओभरमा एउटामात्र ‘बाउन्सर’ फाल्न पाउँछ । हालसम्म आईपीएलमा पनि यही नियम लागू हुँदै आएको थियो ।

तर, आईपीएलको १७औँ संस्करणमा अब कुनै पनि बलरले प्रत्येक ओभरमा दुईवटा ‘बाउन्सर’ फाल्न पाउने छन् । यसअघि भारतमा आयोजना हुने घरेलु प्रतियोगितामा सैयद मुस्ताक अली ट्रफीमा यो नियमको प्रयोग गरिएको थियो ।

आईपीएलमा पनि यो नियम लागू भएपछि बलरहरुलाई केही फाइदा पुग्ने अनुमान गरिएको छ । यो नयाँ नियमले ब्याट्सम्यानमाथि मानसिक दबाब बढाउने छ । खेललाई सन्तुलनमा राख्न यो नियम प्रभावकारी सिद्ध हुने अनुमान आयोजकले गरेको छ ।

यसैगरी आईपीएलको यसअघिको संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) नियम लागू गरिँदै आएको थियो । तर, शुक्रबारदेखि सुरु हुने आईपीएलको १७औँ संस्करणमा भने डीआरएस नियमको सट्टा स्मार्ट रिप्ले सिस्टम (एसआरएस) लागू गरिने छ ।

स्मार्ट रिप्ले सिस्टमलाई प्रभावकारी रूपमा प्रयोगमा ल्याउन खेल मैदानमा आठवटा हक–आई क्यामरा जडान गरिने छ । यी क्यामराको मद्दतले खेलमा सटिक निर्णय लिन मद्दत पुग्ने अनुमान गरिएको छ । एसआरएस लागू भएपछि टेलिभिजन अम्पायरलाई पनि हक–आई क्यामरा अपरेटर बस्ने कोठामै राखिने छ ।

हक–आई प्रविधि नियन्त्रण गर्ने कक्षमा दुई जना अपरेटरसँगै टेलिभिजन अम्पायर पनि रहने छन् । त्यही कक्षबाट टेलिभिजन अम्पायरले पनि मैदानमा हुने सम्पूर्ण गतिविधिको अवलोकन गर्नेछन् । यो नियम लागू हुनुअघि डीआरएसबाट खेलको विषयमा कुनै निर्णय लिनु परेमा टेलिभिजन ब्रोडकास्टिङ निर्देशकले टेलिभिजन अम्पायरलाई अपरेटरसँग सम्पर्क गराउने गर्थे ।

एसआरएस लागू भएपछि भने टेलिभिजन अम्पायर आफैले हक–आई क्यामरा नियन्त्रण कक्षमा बसेर आफैले सबै कुराको निरीक्षण गर्नेछन् । सोही आधारमा टेलिभिजन अम्पायरले विवादित विषयमा आफ्नो निर्णय सुनाउने छन् ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा २ जना पक्राउ रास्वपाको नीति–कार्यक्रम माथिल्लो वर्गको हितमा मात्रै छ : झलनाथ खनाल विश्वप्रकाश शर्माको अपिल: अदालत होइन, पार्टी कार्यालयमै बसेर कांग्रेसको विवाद समाधान गरौँ सामाजिक सञ्जालमा अनेकौँ पेज सञ्चालन गर्दैमा पार्टी बलियो बन्दैन : दीपक खड्का म्याग्दीबाट मुस्ताङतर्फ अघि बढे प्रधानमन्त्री बालेन गरिमा चौधरीलाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन यो सरकार पाँच वर्ष कुनै हालतमा जाँदैन : केपी ओली पहिरो खसेपछि पासाङल्हामु सडक पूर्ण रूपमा अवरुद्ध अनुदानको मल कालोबजारी गरेको आरोपमा तीन जना पक्राउ गरिमाको हत्यामा गृहमन्त्रीको स्पष्ट सन्देश: ‘दोषी उम्कनु हुँदैन, निर्दोष फस्नु हुँदैन’ मतदाता नामावली अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध राष्ट्रियसभाबाट ‘नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक’सर्वसम्मतिले स्वीकृत रास्वपामा तीन पदाधिकारीसहित ४२ केन्द्रीय सदस्य अर्को बैठकबाट मनोनीत हुने साताको अन्तिम दिन घट्यो नेप्से शंखमुलको होस्टलमा कुटपिटपछि २२ वर्षीय युवकको मृत्यु गरिमालाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन प्रधानमन्त्री शाह काठमाडौँबाट पोखरातर्फ प्रस्थान राजनीतिक मुद्दाको समाधान केवल राजनीतिक संवादबाट मात्र सम्भव छ: प्रदीप पौडेल जाजरकोटमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते सुनको मूल्य एकैदिन तोलामा ३ हजार ३०० रुपैयाँले बढ्यो