२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

शर्मिला वाइबालाई हिरासतमा राख्न सातौं पटक म्याद थप

२०८०, ९ चैत्र शुक्रबार ०८:३८

चैत ९, काठमाडौँ | कलाकार पवन खतिवडा ‘म्याकुरी’ माथि कुटपिट गरेको आरोपमा पक्राउ परेकी शर्मिला वाइबालाई थप दुई दिन हिरासतमा राख्न अनुमति दिइएको छ। काठमाडौं जिल्ला अदालतले हिजो बिहीबार वाइबालाई थप दुई दिन हिरासतमा राख्न अनुमति दिएको सूचना अधिकारी चन्द्रप्रसाद पन्थीले बताए।


उनलाई यसरी म्याद थप गरिएको यो सातौं पटक हो। प्रहरी वृत्त महराजगञ्जले वाइबामाथि कुटपिट गर्न नहुने कसुरमा अनुसन्धान गरिरहेको छ। गत फागुन १६ गते उनलाई सिन्धुपाल्चोक प्रहरीको सहयोगमा पक्राउ गरी काठमाडौं ल्याइएको थियो। उनी २३ दिनदेखि हिरासतमा छिन्।

कलाकार खतिवडा र उनकी श्रीमतीसँगको विवादको विषयलाई लिएर वाइबाले खतिवडामाथि कुटपिट गरेको आरोप छ। आफूमाथि कुटपिट भएको भन्दै खतिवडाले प्रहरी वृत्त महाराजगन्जमा जाहेरी दिएका थिए। उक्त जाहेरीपछि प्रहरीले वाइबालाई पक्राउ गरेको हो। प्रहरीले पनि अनुसन्धान सकेर सरकारी वकिल कार्यालय काठमाडौंमा अनुसन्धान प्रतिवेदन बुझाइसकेको छ। प्रतिवादीलाई पक्राउ गरेको २५ दिनमा मुद्दा अदालत दर्ता गर्नुपर्ने प्रावधान छ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना