१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

ताहाचल कार्यालयले भन्यो– मन्त्री ज्यूले भने जस्तो एक घण्टामा श्रम स्वीकृति दिन सकिँदैन

९ चैत्र २०८०, शुक्रबार १०:०४

चैत ९, काठमाडौँ | वैदेशिक रोजगार काठमाडौं कार्यालय ताहाचलले एक घण्टामा श्रम स्वीकृतिको काम नसकिने बताएको छ। 

कार्यालयकी सूचना अधिकारी कल्पना मास्केले सर्भर डाउन भइरहेका कारण एक घण्टामा श्रम स्वीकृतिको काम नसकिने बताइन्। 

'एक जनाको श्रम स्वीकृति त सबै डकुमेन्ट पुगेको अवस्थामा तीन मिनटमै हुन्छ। तर सर्भरमा समस्या आइरहेका कारण चैत ६ गतेदेखिको श्रम स्वीकृति दिन सकिएको छैन। मन्त्री ज्यूले भने जस्तो एक दिनभित्र दिनुपर्ने सबै श्रम स्वीकृति एक घण्टामा दिन सकिँदैन,' उनले भनिन्।

पछिल्लो समय फेमिस प्रणालीमा समस्या आइरहने गुनासो छ। 

सफ्टवेयरमा समस्या आउँदा दुई/तीन दिनसम्म पनि श्रम स्वीकृति दिन नसकिएको कर्मचारीहरूले बताएका छन्। जसकारण श्रमिकहरूले हैरानी खेप्नुपरेको छ। समयमा श्रम स्वीकृति नहुँदा कतिपयको फ्लाइट समेत छुट्ने गरेको गुनासो छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद (डिपी) अर्यालले शुक्रबार(आज) देखि सबै किसिमका श्रम स्वीकृति एक घण्टामा हुने व्यवस्था मिलाउन कर्मचारीहरूलाई निर्देशन दिएका थिए। 


गत आइतबार मन्त्रालयमा सम्बन्धित कर्मचारीहरूसँग छलफल गर्दै  मन्त्री अर्यालले फेमिस सुधार गर्न निर्देशन दिएका थिए। 

उनले समस्या सुधार गर्न नसक्ने भए र प्रमाणित गरेर लिखित रूपमा दिन कर्मचारीहरूलाई निर्देशन दिएका थिए। 

छलफलमा बोल्दै मन्त्री अर्यालले भनेका थिए, 'तपाईहरू सक्दिनँ भनेर प्रमाणित गर्नुस्। अहिले जुन सिस्टम छ त्यही सिस्टमबाट एक घण्टामा श्रम स्वीकृतिको काम सक्ने सिस्टम म एक महिनामा बनाउँछु, यो मेरो तपाईहरूसँग च्यालेन्ज भयो।'

यसअघि तत्कालीन श्रम मन्त्री शरतसिंह भण्डारीले फेमिस प्रणाली सुधारका लागि भन्दै वैदेशिक रोजगार कल्याणकारी कोषबाट १० करोड रूपैयाँ खर्च गर्ने निर्णय गरेका थिए। 

तर नियमविपरीत कोषको पैसा दुरूपयोग गर्न लागेको भन्दै चौतर्फी विरोध भएको थियो। पछि अख्तियारले रोकिदिएको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण