2026-07-26 01:16 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

ताहाचल कार्यालयले भन्यो– मन्त्री ज्यूले भने जस्तो एक घण्टामा श्रम स्वीकृति दिन सकिँदैन

चैत ९, काठमाडौँ | वैदेशिक रोजगार काठमाडौं कार्यालय ताहाचलले एक घण्टामा श्रम स्वीकृतिको काम नसकिने बताएको छ। 

कार्यालयकी सूचना अधिकारी कल्पना मास्केले सर्भर डाउन भइरहेका कारण एक घण्टामा श्रम स्वीकृतिको काम नसकिने बताइन्। 

‘एक जनाको श्रम स्वीकृति त सबै डकुमेन्ट पुगेको अवस्थामा तीन मिनटमै हुन्छ। तर सर्भरमा समस्या आइरहेका कारण चैत ६ गतेदेखिको श्रम स्वीकृति दिन सकिएको छैन। मन्त्री ज्यूले भने जस्तो एक दिनभित्र दिनुपर्ने सबै श्रम स्वीकृति एक घण्टामा दिन सकिँदैन,’ उनले भनिन्।

पछिल्लो समय फेमिस प्रणालीमा समस्या आइरहने गुनासो छ। 

सफ्टवेयरमा समस्या आउँदा दुई/तीन दिनसम्म पनि श्रम स्वीकृति दिन नसकिएको कर्मचारीहरूले बताएका छन्। जसकारण श्रमिकहरूले हैरानी खेप्नुपरेको छ। समयमा श्रम स्वीकृति नहुँदा कतिपयको फ्लाइट समेत छुट्ने गरेको गुनासो छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद (डिपी) अर्यालले शुक्रबार(आज) देखि सबै किसिमका श्रम स्वीकृति एक घण्टामा हुने व्यवस्था मिलाउन कर्मचारीहरूलाई निर्देशन दिएका थिए। 

गत आइतबार मन्त्रालयमा सम्बन्धित कर्मचारीहरूसँग छलफल गर्दै  मन्त्री अर्यालले फेमिस सुधार गर्न निर्देशन दिएका थिए। 

उनले समस्या सुधार गर्न नसक्ने भए र प्रमाणित गरेर लिखित रूपमा दिन कर्मचारीहरूलाई निर्देशन दिएका थिए। 

छलफलमा बोल्दै मन्त्री अर्यालले भनेका थिए, ‘तपाईहरू सक्दिनँ भनेर प्रमाणित गर्नुस्। अहिले जुन सिस्टम छ त्यही सिस्टमबाट एक घण्टामा श्रम स्वीकृतिको काम सक्ने सिस्टम म एक महिनामा बनाउँछु, यो मेरो तपाईहरूसँग च्यालेन्ज भयो।’

यसअघि तत्कालीन श्रम मन्त्री शरतसिंह भण्डारीले फेमिस प्रणाली सुधारका लागि भन्दै वैदेशिक रोजगार कल्याणकारी कोषबाट १० करोड रूपैयाँ खर्च गर्ने निर्णय गरेका थिए। 

तर नियमविपरीत कोषको पैसा दुरूपयोग गर्न लागेको भन्दै चौतर्फी विरोध भएको थियो। पछि अख्तियारले रोकिदिएको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ