2026-06-23 11:14 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

आइपिएलमा बैंगलुरुलाई हराउदै चेन्नईको विजयी शुरुवात

चैत १०, काठमाडौँ | इण्डियन प्रिमियर लिग (आइपिएल) को उद्घाटन खेलमा चेन्नई सुपर किंग्सले विजयी शुरुवात गरेको छ ।

आइपिएलको डिफेन्डिङ च्याम्पियन्स समेत रहेको चेन्नईले रोयल च्यालेन्जर्स बैंगलुरुलाई ६ विकेटले पराजित गर्दै सिजनमा विजयी शुरुवात गरेको हो । बैंगलुरुले दिएको १७४ रनको लक्ष्य पछाएको चेन्नईले १८.५ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

चेन्नईको जितमा रचिन रविन्द्रले सर्बाधिक ३७ रन बनाएका थिए । डेभ्यु आइपिएल खेल खेलिरहेका रचिनले १५ बलमा ३७ रन बनाएका थिए । त्यस्तै आजिख्य रहानेले २७, कप्तान रुतुराज गायकवाडले १५, डार्यल मिचेलले २२, शिभम दुवेले २६ र रविन्द्र जडेजाले २८ रन बनाएका थिए ।

त्यसैगरी बैंगलुरुका बलर क्यामरुन ग्रीनले २ विकेट लिए भने कर्ण शर्मा र यश दयालले एक एक विकेट लिएका थिए ।

यसअघि टस जितेर पहिला ब्याटिंग गरेको बैंगलुरुले २० ओभरमा ६ विकेट गुमाउदै १७३ रन बनाएको थियो ।

रोयल च्यालेन्जर्स बैंगलुरुका लागि अनुज रावतले सर्बाधिक ४८ रन बनाएका थिए । रावतले २५ बलमा आक्रामक ब्याटिंग गर्दै ४८ रन बनाएका थिए । त्यसैगरी दिनेश कार्तिकले २६ बलमा अविजित ३८ रन बनाए भने कप्तान फाफ डु प्लेसिसले ३५, विराट कोहलीले २१ तथा क्यामरुन ग्रिनले १८ रन बनाएका थिए ।

त्यसैगरी चेन्नईका बलर मुस्ताफिजुर रहमानले सर्बाधिक ४ विकेट लिएका थिए । रहमानले ४ ओभरमा २९ रन दिएर ४ विकेट लिएका थिए । त्यस्तै दीपक चहरले एक विकेट लिएका थिए ।

यो जितसँगै चेन्नईले २ महत्वपूर्ण अंक हासिल गरेको छ भने बैंगलुरुले हारसँगै नयाँ सिजनको शुरुवात गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ फरक परिणाम निकाल्ने हो भने केही फरक गर्नैपर्छ: रवि लामिछाने कठिन परिस्थितिलाई अवसर र शक्तिमा बदल्न सक्ने क्षमता एमालेसँग छ: शंकर पोखरेल कुर्सी समातेर मात्रै बस्ने शैलीले पार्टी चल्दैन: गगन थापा रास्वपाकाे बन्दसत्र सुरू एमालेले संसदीय दलको बैठक पार्टी मुख्यालय च्यासलमा सुरू पछिल्लो कार्यतालिका अनुसार पनि सुरू भएन रास्वपा बन्दसत्र कक्षा १२ को नतिजा प्रकाशनमा कुनै त्रुटि भएको छैनः शिक्षा मन्त्रालय रास्वपाको नयाँ नेतृत्व चयनका लागि भोलि मतदान हुने रास्वपाको बन्दसत्र दिउँसो २ बजेदेखि सुरु हुने एमालेले बोलायो संसदीय दल र सचिवालयको बैठक नगरकोटमा एक जना युवकको हत्या, तीन जना पक्राउ सुनचाँदीको मूल्य घट्यो रास्वपाको बन्द सत्र आजका लागि स्थगित एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ रोल्पामा बस दुर्घटना हुँदा १२ जना घाइते गृहमन्त्री सुधन गुरुङविरुद्ध उजुरी दर्ता बेलायती प्रधानमन्त्री स्टार्मरले गरे राजीनामा दिने घोषणा संसदभित्र प्रतिपक्षीको आवाज भनेको तपाईंहरूको आवाज हो: भीष्मराज आङ्देम्बे