कार्तिक ५ ,डडेल्धुरा । डडेल्धुराको जोगबुढा र शिर्ष गाबिसका बाढी तथा पहिरो पिडित संघर्ष समिति डडेल्धुराले संयुक्त रुपमा जिल्ला प्रशासन कार्यालय डडेल्धुरामा शुक्रबार २३औँ पटक ज्ञापन पत्र बुझाएका छन । जिल्ला प्रशासन देखि केन्द्र स्तर सम्म भने यस अघि १ सय ८ पटक ज्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कार्तिक ५ ,डडेल्धुरा । डडेल्धुराको जोगबुढा र शिर्ष गाबिसका बाढी तथा पहिरो पिडित संघर्ष समिति डडेल्धुराले संयुक्त रुपमा जिल्ला प्रशासन कार्यालय डडेल्धुरामा शुक्रबार २३औँ पटक ज्ञापन पत्र बुझाएका छन । जिल्ला प्रशासन देखि केन्द्र स्तर सम्म भने यस अघि १ सय ८ पटक ज्"/>
2026-09-19 08:11 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

डडेल्धुराका बाढी–पहिरो पिडितद्धारा जिल्ला देखि केन्द्र सम्म १ सय ९औ पटक ज्ञापन पत्र

कार्तिक ५ ,डडेल्धुरा । डडेल्धुराको जोगबुढा र शिर्ष गाबिसका बाढी तथा पहिरो पिडित संघर्ष समिति डडेल्धुराले संयुक्त रुपमा जिल्ला प्रशासन कार्यालय डडेल्धुरामा शुक्रबार २३औँ पटक ज्ञापन पत्र बुझाएका छन । जिल्ला प्रशासन देखि केन्द्र स्तर सम्म भने यस अघि १ सय ८ पटक ज्ञापन पत्र बुझाइसकेको छ । बि.सं २०६२ सालमा आएको बाढी तथा पहिरोका कारण बिस्थापित ९४ परिवारको १ दशक बितिसक्दा समेत पुर्नस्थापना नगरिएको भन्दै जिल्ला प्रशासन कार्यालय डडेल्धुराका प्रमूख जिल्ला अधिकारी उदय बहादुर सिंह समक्ष फेरी २३औँ पटक ज्ञापन पत्र बुझाएका हुन । प्रमूख जिल्ला अधिकारी उदय बहादुर सिंहले ज्ञापन पत्र बुझ्दै माथि केन्द्रमा पठाइदिने आश्वासन दिदै यस बारे आफुले पनि गृह मन्त्रालयमा समेत लेखापढी गरेको बताएका छन ।

    साथै भवन तथा शहरी बिकास डिभिजन कार्यालयमा पनि बेला–बेलामा ताकेता गरेपनि हाल सम्म माथिबाट पुर्नस्थापनाका लागि कुनै पनि रकम निकासा नभएको जानकारी गराएका छन । २०६५ साल देखि अहिले सम्म जिल्ला प्रशासन कार्यालय डडेल्धुरामा २२ पटक र प्रधानमन्त्री लगायत केन्द्रिय स्तरमा गरी १०८ पटक ज्ञापन पत्र संघर्ष बुझाइसकेको जोगबुढा बाढी पिडित सघंर्ष समितिका संयोजक नर बहादुर बमले गुनासो गरेका छन । अहिले सम्म जिल्ला देखि केन्द्र स्तर सम्म धाएपनि सरकारले कुनै वास्ता नगरेको भन्दै यसपछि सरकारलाई प्रतिपक्षमा राखी सर्वोच्चमा मुद्धा हाल्ने शिर्ष पहिरो पिडित सघंर्ष समितिका संयोजक प्रजापति नाथले बताएका छन । यदि त्यसपछि पनि कुनै सुनुवाई नभए भिमदत्त राजमार्ग अवरुद्ध गर्ने संयोजक नाथले चेतावनी दिएका छन । १ दशक अघि शिर्ष गाबिसमा आएको पहिरोका कारण सो गाबिसका वडा नं. २, ३, ४ र ५ का एकै परिवारका ८ सदस्य सहित ३२ जनाको ज्यान गएको थियो । पहिरोका कारण त्यहाँका ३५ परिवार र रंगुन तथा पुन्तुरा नदीबाट आएको भिषण बाढीका कारण जोगबुढा गाबिस वडा नं. २ का ५९ परिवार गरि ९४ परिवार बिस्थापित भएका थिए । 

फोटो – पत्रकार डिर पन्तको फेसबुकबाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई