१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

६ जना मृतावस्थामा फेला

११ चैत्र २०८०, आईतवार ११:०८

चैत ११, काठमाडौँ | विभिन्न स्थानमा ६ जना मृतावस्थामा फेला परेका छन् ।  प्रहरी प्रधान कार्यालयका अनुसार     काठमाडौंको महानगरपालिका-१४ कलंकी बस्ने ६० वर्षीया शान्ती देवी खकुरेल आफ्नै घरको बाथरूममा आइतबार मृत अवस्थामा फेला परेकी छिन् । 

यसैगरी पर्साको वीरगन्ज महानगरपालिका-३ बेही पुल नजिक बस्ने २६ वर्षीय सदाम अंसारी आफ्नै घरमा शनिबार मृत अवस्थामा फेला परेका छन् । भोजपुरको साल्पासिलिचो गाउँपालिका-३ चौकीडाँडा छौसा बस्ने ३७ वर्षीया सन्दिरा राई पनि आफ्नै घरमा शनिबार मृत अवस्थामा फेला परेकी छिन् ।     

यसैगरी कैलालीको मोहन्याल गाउँपालिका-३ सांघुरे खोलामा सुर्खेत चौकुने गाउँपालिका-३ घर भएका ४२ वर्षीय भक्त बहादुर राना मगर आइतबार मृत अवस्थामा फेला परेका छन् ।  धनकुटाको धनकुटा नगरपालिका-७ श्रीवानी बस्ने २४ वर्षीय सुरेश तामाङ पनि सोही ठाउँस्थित बाटोमा आइतबार मृत अवस्थामा फेला परेका छन् । 

यसैबीच सल्यानको शारदा नगरपालिका-१ शान्तिनगरस्थित शारदा खोलामा दाङ तुल्सिपुर उपमहानगरपालिका-१८ बस्ने ५९ वर्षीय दल बहादुर खत्री आइतबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण