2026-07-24 11:38 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

बनेपामा बस दुर्घटना हुँदा १२ जना घाइते (नामावलीसहित)

चैत १२, काठमाडौँ | साेमबार बिहान साढे १० बजे बनेपा नगरपालिका१२ बाँसडोल थुम्कामा बा २ ख ९४५६ नम्बरको बस दुर्घटनामा परेको हो। 

बाँसडोलबाट बनेपा तर्फ आउँदै गरेको बस आफैँ अनियन्त्रित भई स्थानीय शिवप्रसाद ज्ञावलीको साढे दुई तल्ले पक्की घरको गेटमा ठक्कर खाएको प्रहरीले जनाएको छ। 

दुर्घटनामा परेको बसमा ३० जना सवार थिए। जसमध्ये १२ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।

घाइतेलाई शिरमेमोरीयल अस्पताल बनेपा पठाएको छ। दुर्घटनामा परेको बसका चालक पनि घाइते छन्।

यी हुन् घाइते

 बस चालक जिल्ला  सि.पा. बाह्रबिसे न.पा. २ बस्ने बर्ष २५ को मिलन सापकोटा अनुहारमा चोट अवस्था मध्यम रहेको, बनेपा न.पा. १२ बासडोल बस्ने बर्ष २२ की सविता थापा माथिको आगाडिपटिको २ वटा दाँत भाच्चिएको अवस्था मध्यम, बनेपा न.पा. १२ बस्ने बर्ष ६१ की देवकी राउत टाउकोमा चोट अवस्था  मध्यम रहेको, बनेपा न.पा. १२. बस्ने बर्ष ३६ की अनिता कार्की टाउकोमा चोट अवस्था  मध्यम रहेको, बनेपा न.पा. १२. बस्ने बर्ष ३९ की मिनु कार्की  दाया खुट्टामा चोट अवस्था  सामान्य, बनेपा न.पा. १२. बस्ने  बर्ष ३९ की प्रिया भुजेल  अनुहार र कम्भरमा चोट मध्यम रहेको, बनेपा न.पा. १२बस्ने बर्ष २४ की रिता भुजेल बाया खुट्टामा चोट अवस्था  सामान्य, बनेपा न.पा. १२. निजको छोरी  ११ महिना की बिन्दा भुजेल टाउकोमा चोट अवस्था मध्यम रहेको,  बनेपा न.पा. १२. बस्ने बर्ष ४५ की सुशिला भुजेल दाया खुट्टामा चोट सामान्य, सहचालक जि.सि.पा. सुनकोशि गा.पा. ३ बस्ने बर्ष १९ को महेश थापा मगर निधारमा सामान्य चोट, भक्तपुर  भ.न.पा. ८ बस्ने बर्ष २४ की रुबिना राउत बाया खुट्टा फ्याक्चर अवस्था मध्यम रहेको,  बनेपा न.पा. १२ बस्ने बर्ष ६५ को अचुत प्रसाद वाग्ले दाया आँखा माथि चोट अवस्था सामान्य रहेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक