२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

भारतले प्याज निर्यातको प्रतिबन्ध अनिश्चितकाललाई लम्ब्यायो

१२ चैत्र २०८०, सोमबार ०८:१८

चैत १२, काठमाडौँ | भारतले प्याजको निर्यातमा लगाएको प्रतिबन्ध तत्काल खुला नगर्ने भएको छ । प्याजको निर्यातमा प्रतिबन्ध अनिश्चितकालका लागि लम्ब्याएको रोयर्टर्सले उल्लेख गरेको छ । विश्वको सबैभन्दा धेरै तरकारी निर्यातक भारतले प्याज निर्यातमा गत डिसेम्बरमा लगाएको प्रतिबन्ध यसै मार्च ३१ मा सकिँदै थियो ।

निर्यात प्रतिबन्ध लागू भएदेखि भारतको स्थानीय बजारमा मूल्य आधाभन्दा बढीले घटेको छ । तर, भारतले प्याज निर्यातमा लम्ब्याएको प्रतिवन्धले अन्तर्राष्ट्रिय बजारमा भने प्याजको मूल्य उच्च गतिमा बढ्ने रोयटर्सले जनाएको छ । भारतीय सरकारले शुक्रबार अर्को सूचना नआएसम्म प्रतिबन्ध यथावत रहने जनाएको छ । सबैभन्दा धेरै प्याज उत्पादन गर्ने राज्य महाराष्ट्रका केही थोक बजारहरूमा डिसेम्बरमा प्याजको मूल्य प्रति एक सय किलोमा ४ हजार ५०० रुपैयाँबाट झरेर १ हजार २०० रुपैयाँ (१४ डलर) पुगेको छ ।

नेपाल, बंगलादेश, मलेसिया, संयुक्त अरब इमिरेट्सलगायत देश भारतीय आयातमा भर पर्दै आएका छन् । यीमध्ये धेरै राष्ट्र प्रतिबन्धपछि उच्च मूल्यको चपेटामा परिरहेका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य