२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

बागलुङका स्वास्थ्य बिमितले पोखरा–काठमाण्डौबाट समेत उपचार पाउन थाले

२०७३, ६ कार्तिक शनिबार ०१:४४

कृष्ण कँडेल/कात्तिक ६, बागलुङ । सरकारले गत बर्षदेखि सुरु गरेको समाजिक स्वास्थ्य सुरक्षा विमा कार्यक्रम अन्तरगत बागलुङका विमितले स्वास्थ्य उपचार पाउन थालेका छन् । 

गत असार मसान्तसम्म स्वास्थ्य बीमाको फाराम भरेका बिमितलाई अञ्चल अस्पताल बागलुङ सहित प्राथमिक स्वास्थ्य केन्द्रबाट उपचार दिन सुरु भएको सामाजिक विकास समितिको कार्यालय बागलुङका प्रबन्धक जीबलाल खरेलले जानकारी दिनुभयो । जिल्लामा अहिलेसम्म ४ हजार ५० जनाले स्वास्थ्य बीमाका लागि फाराम भरेकोमा असार मसन्त सम्म भरेका १ हजार ६५५ जनाको लागि भदौ १ गतेदेखि स्वास्थ्य उपचार सेवा सुरु भएको छ । 

धौलागिर अञ्चल अस्पतालबाट मात्र १ सय ३० जनाले उपचार सेवा लिएका र १० जनालाई उपचारका लागि अन्य अस्पतालमा रिफर गरिएको मेडिकल सुपरिटेन्डेन्ट डाक्टर सागर राजभण्डारीले जानकरी दिनुभयो । प्राथमिक स्वास्थ्य केन्द्र तथा अञ्चल अस्पतालमा उपचार हुन नसकेका विरामीलाई कार्यक्रम अन्तरगत सम्झौता भएका ठुला अस्पतालमा पठाउने गरिएको छ । स्वास्थ्य विमा गराएका बोहरागाउँका टोपबहादुर चन्दले आफ्नी आमाको उपचार विर अस्पताल काठमाण्डौमा गरेर फर्केका छन् । 

हरिचौरका देवेन्द्रसिंह बस्नेतले मणिपाल शिक्षण अस्पताल पोखरामा १५ महिनाकी छोरीको निमोनियाँको उपचार, श्रीमती र आफ्नो समेत गरि १० हजार बराबरको उपचार स्वास्थ्य विमा कार्यक्रमबाट गराएर हिजो मात्र घर फर्केका छन् । 

विमाका लागि रकम तिरेर फारम भरि सदस्यता लिएका ग्वालीचौरका राजिव घिमिरेले छोरा हिमांसु घिमिरेको उपचार पनि मणिपाल शिक्षण अस्पताल पोखरामै गराएका छन् । 

असार मसान्तपछि विमा रकम बुझाएर फारम भरेका २ हजार ३९५ जनाले भने आगामि मंसिर १ गतेदेखि उपचार सेवा पाउनेछन् । 

विमा गराउन जिल्ला भर ५१ जना दर्ता सहयोगि परिचालन गरिएको जिल्ला जनस्वास्थ्य कार्यालय बागलुङका प्रमुख महश्वर श्रेष्ठले जानकारी दिए । 

अहिलेसम्म बागलुङ नगरपालिकामा सवैभन्दा धेरै ८५५ जनाले स्वास्थ्य बिमा गरेमा छन् । 

“विमा गरेपछि उपचारका लागि एकै चोटि ठूलो आर्थिक भार नपर्ने रहेछ ।” हरिचौरका देबेन्द्रसिंह बस्नेतले भने, “ स्वास्थ्य बिमा गर्दा विशेषगरी बिपन्न, आर्थिक रुपमा पछाडी परेका र स्वास्थ्य उपचार गर्न आर्थिक अभाव भएकालाई उपचारमा धेरै साजिलो हुने मैले महसुस गरेँ ।”

स्वास्थ्य विमाका लागि पाँच जनाको परिवारले बार्षिक २ हजार ५०० तिनुपर्ने हुन्छ । यसरी विमा गरेपछि ५० हजारसम्मको निशुल्क स्वास्थ्य उपचार सेवा पाईन्छ । पाँच जना भन्दा वढीको परिवारले प्रति सदस्य रु. ४२५ का दरले थप प्रिमियम तिनुपर्ने र थपिएको सदस्य अनुसार प्रति एकजना बराबर १० हजारका दरले उपचर सेवा रकम पनि बढ्ने व्यवस्था छ । एक पटक विमा गरेपछि १ बर्षका लागि हुने र अर्को बर्षका लागि नविकारण गर्नुपर्छ । 

विमा गरेकाले सरकारको सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिले सम्झौता गरेर तोकेका अस्पलातमा उपाचर गर्न पाउँछन् । बागलुङमा धौलागिरी अञ्चल अस्पताल र बुर्तिबाङ, हरिचौर तथा कुस्किसेरा प्रथमिक स्वास्थ्य केन्द्रलाई स्वस्थ्य सेवा प्रदायक संस्थाको रुपमा सम्झौता गरिएको छ । 

“जिल्ला भित्र तोकिएका स्वास्थ्य संस्थामा उपचार हुन नसके उनिहरुकै सिफारिसमा रोगको प्रकृति अनुसार मुलुका राम्रा अस्तालमा उपचार गर्न सकिन्छ ।” सामाजिक विकास समितिको कार्यालय बागलुङका प्रबन्धक खरेलले भने, “कार्यक्रम अन्तरगत मणिपाल शिक्षण अस्पताल पोखरा, पश्चिमाञ्च क्षेत्रीय अस्पताल पोखरा, हिमालय आँखा अस्पताल पोखरा, लुम्बिनी मेडिकल कलेज पाल्पा, विर अस्पताल काठमाण्डौ, कान्ति वाल अस्पताल, विपि कोईराल क्यन्सर अस्पताल लगायतका समितिले सम्झौता गरेका अस्पालमा विमितले उपचार  गर्न पाउँछन् ।”  कार्यक्रम बागलुङमा प्रभावकारी भएको जिल्ला जनस्वास्थ्य कार्यालय बागलुङले जनाएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा