२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

म्याग्दी - MGD

प्रवासमा रहेका म्याग्देलीद्वारा सामाजिक क्षेत्रमा सहयोग

६ कार्तिक २०७३, शनिबार ०३:२९

कात्तिक ६, म्याग्दी । प्रवासमा रहेका म्याग्देलीले जिल्लाको विभिन्न सामाजिक क्षेत्रमा आर्थिक सहयोग गरेका छन् । 

शुक्रबार बेनीमा ओमकुमारी शान्ति कोषको संयोजनमा भएको सहयोग हस्तान्तरण कार्यक्रममा म्याग्दी उद्धार समिति बहराइन, मोना कतार र मोना दुवईलगायतका संस्थाले बाढी पहिरोपीडित, विपन्न परिवारका बिरामी, प्रवासमा ज्यान गुमाएकाको आफन्त, बाल क्लबलगायतलाई सहयोग गरेका हुन् ।

कार्यक्रममा म्याग्दी उद्धार समिति बहराइनले बेगखोलाका बाढीपीडितलाई रु ६० हजार, बादुक पहिरोपीडितलाई रु ३६ हजार १०० र देवीस्थानका पहिरोपीडितलाई रु १५ हजार सहयोग हस्तान्तरण गरेको छ । 

समितिका सल्लाहकार भरत रत्न र आजीवन सदस्य यामकुमार रानाले बेगखोला बाढीपहिरो पीडित राहत सहयोग व्यवस्थापन समितिका अध्यक्ष ओमप्रसाद सिङ्जाली तथा देवीस्थानका पहिरोपीडितका आफन्त सूर्यलाल पुर्जालाई उक्त सहयोग हस्तान्तरण गर्नुभएको थियो । 

उक्त कार्यक्रममा देवीस्थानका पहिरोपीडित दुई घर परिवारलाई मोना दुवईले उपलब्ध गराएको रु १० हजार ओमकुमारी शान्ति कोषका अध्यक्ष राजेश शाक्यले पीडितका आफन्त पुर्जालाई हस्तान्तरण गर्नुभएको थियो । यसैबीच कतारमा हृदयघात भई दिवङ्गत भएका बेनी नगरपालिका–१३ सोताका दिलबहादुर घर्तीका परिवारलाई म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना) कतारले रु ४८ हजार ५०० सहयोग गरेको छ । 

कार्यक्रममा मोनाका क्षेत्रीय उपाध्यक्ष बालकृष्ण खत्री, मोना कतारका निवर्तमान अध्यक्ष गणेशप्रसाद श्रेष्ठ र भोजबहादुर खत्रीले दिवङ्गत घर्तीका आफन्त सामना केसीलाई उक्त सहयोग हस्तान्तरण गर्नुभएको थियो । 

यसैगरी बेनी नगरपालिका–५ जरबुटा माइत र ताकम–४ घर भएकी मिर्गौला रोगबाट पीडित विपन्न परिवारकी इन्द्रा खत्रीको उपचारका लागि कतारमा रहेका ताकम–९ काफलडाँडाका युवाले सङ्कलन गरेको रु १४ हजार ५५६ सहयोग रकम समन्वयकर्ता पत्रकार सन्तोष गौतमले ओमकुमारी शान्तिकोषका अध्यक्ष शाक्यलाई हस्तान्तरण गर्नुभएको छ । 

यसैबीच मोना कतारका निवर्तमान अध्यक्ष श्रेष्ठ र पूर्व अध्यक्ष विक्रम कार्कीले बेनी नगरपालिका–५ डम्मरामा रहेको सिर्जनशील बाल क्लबलाई रु २५ हजार मूल्य बराबरको एक थान डेक्सटप कम्प्युटर सहयोग गर्नुभएको छ । सहयोगदाता श्रेष्ठले क्लबका प्रमुख संरक्षक कृष्णबहादुर बानियाँलाई कम्प्युटर हस्तान्तरण गर्नुभएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने